जनयुद्धका सहिद परिवारहरूसंग भेटघाट तथा अन्तर िक्रया

चाैतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ बाट जनयुद्धमा सहादत प्राप्त गर्नुहुने महान सहिदहरुका परिवारलाई सोमबार एक कार्यक्रम आयोजना गरि सम्मान तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । ४ नं वडा कार्यालयको आयोजनामा सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि सहिद प्रतिस्ठान नेपालका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा, नगर प्रमुख अमानसिं तामाङ, नेकपा माओवादी केन्द्रका नेता भोला सापकोटा लगाएतका नेताकार्यकर्ताको उपस्थित रहेको थियो ।
१० बर्षे जनयुद्धको बेला कुबिन्डेबाट मात्रै २६ जना सहिद हुनुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज सापकोटाले सहिदको नाममा राजनीति गरेर केही नेताहरूले धोका दिएको बताउनुभयो । उहाँले भन्नुभयो “महान सहिदहरुका सपनालाई अधुरै छोडी केही नेताहरु आफ्नो स्वार्थको लागि अर्को पार्टिमा लागेका छन्, उनिहरु गद्दार हुन्, उनीहरुलाई सहिदको रगतले सराप्ने छ ”
त्यस्तै उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख अमान सिं तामाङले सहिदहरुका सपना पूरा गर्न आफू पुर्ण रुपमा लागिपरेको बताउनुभएको छ । सहिदहरुका सुनौला सपनाहरु आफुले कहिल्यै नबिर्सिने र आफ्नो कार्यकाल रहुन्जेल नीति तथा कार्यक्रम मार्फत सहिदका सपनाहरूलाई सम्बोधन गरिरहने बताउनुभएको छ ।
त्यस्तैगरी सम्मान कार्यक्रमको अवसरमा वडा अध्यक्ष चुडामणि नेपालले सहिद परिवारका आँसु रोक्न नसकेपनि भान्साको काममा केही राहत मिलोस भन्ने उद्देश्यले ग्याँस चुल्हो बितरण गरिएको बताउनुभयो ।
सोही कार्यक्रममा सहिद परिवारबाट सहभागी तुलसिमाया नेपालले जनयुद्धको बेला बेपत्ता पारिएको आफ्नो छोरो खोजिदिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो मरिसकेको छोरो खोजिदेउ भन्दिन तर बेपत्ता भएको छोरो को कि सास चाहियो कि लास चाहियो”। उहाँले माओवादी पार्टी पटकपटक सरकारमा पुग्दा पनि आफ्नो कुराको सम्बोधन नभएकोमा आक्रोश व्यक्त गर्नुभयो ।