पाँचपोखरीथाङपालमा प्रभावकारी बन्दै सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा वितरण

चैत्र १९, थाङपालधाप (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिकाद्वार आफ्नो पालिका भित्रका सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा वितरण गरेको छ ।
गाउँपालिकाको आफ्नो वर्थिङ सेन्टरमा सुत्केरी आमाहरुलाई एक क्रेट अण्डा सहित पोषिलो खानेकुरा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौंलाले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले बाँसखर्क स्वास्थ्य चौकीमा अघिल्लो वर्ष ३३ र यस वर्ष १६ आमाहरुलाई पोषिलो खानेकुरा वितरण गरेको थियो ।
त्यस्तै बरुवामा गत वर्ष ६ र यस वर्ष ९, भोताङमा गत वर्ष ५९ र यस वर्ष २८, थाङपालकोटमा गत वर्ष २१ र यसवर्ष ३०, गुन्सामा गत वर्ष १२ र यसबर्ष ८ आमाहरुलाई पोषिलो खानेकुरा वितरण गरिएको थियो ।
त्यसैगरी थाङपालधापमा गत वर्ष ५७ र यस वर्ष ३४, भोटेनाम्लाङमा गत वर्ष ८३ र यसवर्ष ५७, लाँगर्चेमा गत वर्ष २३ र यस आर्थिक वर्ष २९ गरी गत वर्ष २ सय ९४ र यस आर्थिक वर्ष २ सय ११ सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत निरौलाका अनअुसार गाउँपालिकाले स्वास्थ्य सम्वन्धी कार्यक्रम, सुत्केरीसंग उपाध्यक्ष भेटघाट कार्यक्रम, एकहजार बराबरको एक क्रेट अण्डा सहित पोषिलो खानेकुरा वितरण कार्यक्रम गरिएको हो । त्यस्तै गर्भवती सुत्केरीलाई क्याल्सियम चक्की वितरण तीन महनिाका लागि, स्वास्थ्यकर्मी मार्फत घरमा नै सुत्केरी चाँच सेवा अन्र्तगत स्वास्थ्यकर्मीहरुको लागि यातायतात खर्च, महिला स्वास्थ्य स्वयंम सेविका प्रोत्साहन कार्यक्रम तथा आमा समुहको बैठक र मासिक समिक्षा बैठक कार्यक्रम राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । गाउँपालिकाले निरन्तर रुरपमा गरिने सुत्केरी आमा पोषण कार्यक्रम निकै प्रभावकारी बनेको उनले बताए ।