पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

चैत्र १७, मेलम्ची । ईन्द्रावती खोलामा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मेलम्ची ११, कटुन्जेका कुमार तामाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिए । उनका अनुसार ति युवकको मंगलबार दिउसो मेलम्ची १२ पाल्चोकी क्रसर नजिकै पौडी खेल्ने क्रममा मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि मेलम्ची अस्पताल लगिएको प्रहरीले जनाएको छ ।