उत्कृष्ट काम गरेको भन्दै सिन्धुपाल्चोकका ९ प्रहरी पुरष्कृत
चैत्र ९, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आफ्ना मातहातका ९ जना प्रहरी कर्मचारीलाई पुरष्कृत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्ने बिभागिय नीती अनुसार जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसी प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार पुरस्कृत हुने प्रहरीले आ–आफ्नो कार्यक्षेत्रमा आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक अनुशासित भई ईमान्दारपूर्वक कार्य गरि नेपाल प्रहरीको गरिमालाई उच्च राख्ने कार्य गरेको भन्दै पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा प्रहरी नायव निरिक्षक घनश्याम नेपाल लगाएत प्रहरी कर्मचारीहरु रहेका छन् । उनीहरुले सम्पादन गरेको उत्कृष्ठ तथा प्रशंसनीय कार्यको उच्च मुल्याङ्कन गरि कदर स्वरूप अभिलेखमा जनिने गरी फागुन १० गते नै नगद पुरस्कार दिने घोषणा भएको प्रनाउ सापकोटाले बताए । उनका अनुसार पुरस्कृत हुनेहरुमा प्र.स.नि ईश्वर के.सी, प्र.ह अमृत कुमार श्रेष्ठ, प्र.ह. चचे बहादुर थामी, प्र.ज कुमार कार्की, प्र.ज.प्रजिता तामाङ, प्र.ज.बिरेन्द्र बिष्ट, प्र.ज. दिपेन्द्र महत्तो र प्र.ज. युबराज थापा रहेका छन् ।