सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पौडेल, महासचिवमा तिमल्सिना
चैत्र ७, बाह्रबिसे । (सिन्धुपाल्चोक) सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २५ औं साधारणसभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न भएको अधिवेशनबाट पदाधिकारी देखि सम्पूर्ण सदस्य सर्वसहमतिबाट चयन भएको सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले जानकारी गराए । उनका अनुसार वरिष्ठ उपाध्यक्षमा रामकाजी पौडेल चयन भएका छन् । त्यस्तै अधिवेनबाट प्रथम उपाध्यक्षमा उमेश कसजु, द्धितीय उपाध्यक्षमा अमृत कार्की र तृतीय उपाध्यक्षमा सुर्यकार्की चयन भएका छन् ।
यस्तै मानार्थ उपाध्यक्षमा जग्गनाथ चालिसे र दिलीप राज गिरी चयन भएका हुन् । त्यस्तै महासचिवमा शम्भुबहादुर तिमल्सिना, सचिवमा ईश्वर गुभाजु, कोषाध्यक्षमा उमेश प्रधान र सह–कोषाध्यक्षमा विचारी पराजुली सर्वसहमत चयन भएका हुन् ।
संघको विधानअनुसार कार्यसमितिका ३० सदस्यमध्येबाट पदाधिकारी चयन गरिएको हो । संघको अध्यक्षमा भने यसअघि नै होमबहादुर बस्नेत (राज कुमार) निर्विरोध भईसकेका छन् ।
यसैबीच सिन्धुपाल्चोक उद्योगवाणिज्यसंघले आफ्नो विधान साधारणसभाबाट संशोधन गरी पास गरेको जनाएको छ । संघका अनुसार आगमी अधिवेशनमा सम्पूर्ण पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनपर्ने प्रावधान रहेको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको रहेको छ ।