डिजिटलमैत्री सहित प्यागोडा शैलीको जिल्लाकै उत्कृष्ट प्रशासनिक भवन ईन्द्रावतीमा

दिनेश दुलाल
चैत ५, नवलपुर (सिन्धुपाल्चोक) । झट्ट हेर्दा सिंहदरबार जस्तो भव्य महल छ । लमतन्न परेको नवलपुरको डाँडामा टाढैबाट देखिने रातो रङको सुन्दर महलले सबैको मन आकर्षित बनाएको छ । महल टाढाबाट जति मनमोहक छ, नजिकबाट झनै यसको विशेषता झल्किएको छ । नवलपुरमा बन्दै गरेको यो भवन अन्त कतैको नभएर ईन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन हो ।
प्यागोडा शैली तथा डिजिटलमैत्री बनेको यो भवन सम्भव त जिल्लाकै उत्कृष्ट भवनको रुपमा लिईएको छ । प्यागोडाशैलीमा बनेको यो भवनमा तलै पिच्छे पाली निकालेर बनाइएको छ । प्यागोडाशैली काठमाडौं शहरमा मात्र बनाईने गरिएकोमा स्थानीय तहमा समेत भव्य महल बन्न थालेपछि जनताले कान्छो सिंहदरकार गाउँमा छिरेको अनुमान लगाएका छन् ।

६ करोड ५२ लाखको लागतमा अघिल्लो माघमा सम्झौता भई निर्माणको अन्तिम चरणमा रहेको यो भवन १४ महिना मै सम्पन्न हुन लागेको ईन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले सिन्धुज्वालालाई बताए । ‘कोभिड–१९ माहामारीको बीचमा पनि काम रफ्तारमा चलेकाले समयमै निर्माण सम्पन्न हुँदैछ’, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।
उनका अनुसार टक्सार स्वराज जेवीले निर्माणको जिम्मा लिएको उक्त भवन ९५ प्रतिशत काम सकिएको छ । सम्भवत बैशाख सम्म नयाँ प्रशासनिक भवनमा सर्ने लक्ष्य रहेको पौडेलले बताए । तीन तलाको चालिस कोठे उक्त भवनको लागत जिल्ला समन्वयबाट एककरोड ४० लाख, संघीय सरकारबाट दुईकरोड र पालिकाबाट ३ करोड लागतमा निर्माण भएको उक्त भवन निर्माणका ईन्जिनिएर राजाराम घोरसाईनेले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार भवन प्यागोडा शैली तथा डिजिटलमैत्री छ । त्यस्तै अगाडि प्रत्येक तलामा आँखीझ्याल राखिएको छ भने छानो पुरातात्विक महत्व झल्कने झिंगटीको प्रयोग गरिएकोे छ । पालिका अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय रहने कक्षमा सेन्सरवाला ढोका राखिने छ । जाँहा सेवाग्राही तथा पालिकाकै कर्मचारी जाँदा ढोका खोल्न कोड नम्बर लिएर मात्र जान पाउनेछन् । तर शाखा प्रमुखहरुलाई भने एटेज बाथरुम सहितको कोठा रहेको उनले बताए ।
भवनमा आवश्यक अनुसार ¥याफ ढलान सहित हेबी स्टक्चर समेत रहेको ईन्जिनिएर घोरसाईनेले बताए । जिल्लामा ¥याफ ढलान सहितको हेबी स्टक्चर भने पहिलोपटक भोटेकोशी गाउँपालिकाले सुरुवात गरेको थियाे ।
यसैबीच ईन्द्रावती गाउँपालिकाको नवलपुरमै बन्न लागेको १५ शैयाको अस्पताल समेत अन्तिम चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।