सेतीदेवीको ६० औं वार्षिकोत्सव कार्यक्रमा शिक्षक÷विद्यार्थी पुरस्कृत, सेतीदेवी कल्याणकारी कोष स्थपना (फोटोफिचर सहित)
चैत्र २, ठूलोसिरुवारी । चौतारा सााँगाचोकगढी नगरपालिाका–१३ मा रहेको सेतीदेवी माध्यामिक विद्यालय ठूलोसिरुवारीको सेतीदेवीको ६० औं वार्षिकोत्सव, भू.पू विध्यार्थी पुनर्मिलन तथा अविभावक भेला सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङको प्रमुख आतिथ्यता तथा वडा नम्बर १३ का वडाअध्यक्ष रामप्रसाद गौतमको विशेष आतिथ्यमा सोमबार वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । वार्षिक उत्सव कार्यक्रमको उद्घाटन पछिको कार्यक्रमलाई सम्वोधन गर्दै नगरपालिकाका मेयर अमानसिं तामाङले नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतमा राखेर योजना बनाएको बताए । ‘समाज विकासको पहिलो आधार शिक्षा हो, शिक्षा विना कुनै कुरा सम्भव छैन्’, मेयर तामाङले भने, ‘यसैलाई आधार मानेर हामीले विद्यालयलाई लगानी गरेका छौं ।’ नगरपालिकाले नगर भित्रका उत्कृष्ट विद्यालयहरुलाई समेत पुरस्कृत गर्ने प्रचलन थालेको उनले बताए । कार्यक्रमका विशेष अतिथि वडा नम्बर १३ का वडा अध्यक्ष तथा नगर सामाजिक विकास संयोजक रामप्रसाद गौतमले नगरकै योजना मुताविक वडाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा रोखेर योजना बनाएको बताए । सोही योजना अनुसार वडामा रहेका दुई माध्यामिक तह तथा ३ आधारभूत विद्यालयका ४ शिक्षक सहित नर्सरी देखि १२ कक्षा सम्मका ३१ जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको वडाअध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए ।
वडाको शिक्षा क्षेत्र कार्यक्रम अन्नर्तगत प्राविधिक धारमा समेत छात्रवृति प्रदान गर्दै आएको वडाले यस कार्यक्रमलाई आगमी वर्ष समेत निरन्तता दिने उनले बताए । वार्षिकोत्सव कार्यक्रमको अवसरमा १३ नम्बर वडा कार्यालयले आफ्ना वडाका विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको हो ।
वार्षिक उत्सव कार्यक्रममा सेतीदेवी कल्याणकारी कोष स्थपना, उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सव कार्यक्रमको अवसरमा असहाय, अति गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले सेतीदेवी कल्याणकारी कोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण विकले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार ‘सेतीदेवी कल्याणकारी कोष सञ्चालन कार्यविधि २०७७’ निर्देशिका नै जारी गरेर स्थपना गरिएको उक्त कल्याणकारी कोषमा दुईलाख भन्दा बढी संकलन भएको छ । क्यान्सरको कारण मृत्यु भएकी सोही वडाकी गंगामाई विकको परिवारबाट ५० हजार प्रदान गरेर सुरु भएको कोषमा भू.पू विद्यार्थी समाजको तर्फबाट ५१ हजार र सोही विद्यालयका शिक्षक लगाएत सामाजिक व्यक्तित्वहरुले समेत आर्थिक सहयोग प्रदान गरेका छन् । कोष स्थपनामा योगदान गर्ने स्वर्गीय गंगामाईकी श्रीमान गंगाबहदुर विक, सेतीदेवी भू.पू विद्यार्थीका अध्यक्ष सागर श्रेष्ठ लगाएत सहयोग दाताहरुलाई समेत विद्यालयले सम्मान गरेकोे छ ।
विद्यालयको वार्षिकोत्सवको सन्दर्भमा साँस्कृतिक मनोरञ्जन सहित भएको कार्यक्रममा स्थानीय राजनैतिक दल तथा संघसंस्थाहरुले समेत शुभकामना मन्तव्य राखेका थिए । हरीबिक्रम नेपालको सञ्चालनमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक रमेश गौतमले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।