१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम

फागुन २७, पाँग्रेटार (सिन्धुपाल्चोक) । महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम पाँग्रेटारमा सम्पन्न भएको छ । ग्रामीण महिला सिर्जनशील परिवार सिन्धुपाल्चोकको व्यवस्थापनमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, अन्तरपार्टी महिला सन्जाल सिन्धुपाल्चोक, पुर्व अरनिको यातायात प्रा.लि, क्षमादेमी ग्रुप, माता हिरादेवी ग्रुप र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सहकार्यमा एक अन्तरक्रियाका विच कार्यक्रम सम्पन्न भएको हो । बुधबार गरिएको कार्यक्रममा पारिश्रमिक विनाको सेवामुलक कार्य तथा न्युन पारिश्रमिक, हेरचाहको काम र विश्वव्यापी असमानता विषयमा ग्रामीण महिला सिर्जनशील परिवारका कार्यकारी निर्देशक नानीमाया थापाले कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक थापाले नेपालको संविधानले महिला र पुरूषलाई समान अधिकार दिएपनि महिलालाई ओछ्यान देखि बाटोसम्म हुने यौन हिंसाका विरूद्व लड्न अझै चुनौति खडा भएको बताईन । ‘अधिकार त कानुनी रुपमा निकै प्रयाप्त छ, तर कार्यान्वयनमा निकै चुनौति छ’, थापाले भनिन् । महिला आन्दोलन र मुद्दा संग सरोकार रहेर श्रमिक महिला दिवसको सन्दर्भमा बहस र छलफल अझै गहन बनाउन पर्ने उनले तर्क पेश गरिन । सोही अनुसार महिला आन्दोलन, मुद्दा र अधिकारको क्षेत्रका सबालमा अन्तर महिला पार्टी स्जालसंग सरसल्लाहका आधारमा अन्तरिक्रिया कार्यक्रम गरिएको कार्यकारी निर्देशक थापाले बताईन । त्यस्तै शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक हर्क तामाङले समतामुलक भविष्य निर्माणका निमित्त शिक्षामा महिला नेतृत्व विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा उपस्थित पुर्व माननीय सभासद डोल्मा तामाङ, बाह्रविसे नगरपालिकाका उपमेयर शुसिला पाख्रीन, लिसंखुपाखर गाउपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान, त्रिपुरासुन्दरी गाउपालिकाका उपाध्यक्ष दुर्गादेवी नेपाल, बलेफी गाउँपालिकाका उपाध्यक्ष कमला कायस्थ, अन्तरपार्टी महिला सन्जालका अध्यक्ष लिला नेपाल, महिला अगुवाहरु देवी अधिकारी, मन्जु नेपाल भण्डारी लगाएतले समसमायिक विषयबस्तुुमाथी भनाई राखेका थिए । ७५ जना भन्दा बढी महिला अगुवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा गैसस महासंघ सिन्धुपाल्चोकका अध्यक्ष गोेविन्द सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सहभागिहरुले महिलाको सुरक्षा, आत्मसम्मान र अधिकारको उपभोगमा अझै पनि अपेक्षित अवस्था सिर्जना हुन नसकेकोले स्थानीय सरकारको ध्यानाकर्षण गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले रातो फुल एक अर्कालाई दिएर खुसी साटासाट गरिएको थियो । ग्रामीण महिला सिर्जनशील परिवारको अध्यक्ष देवकी पराजुलीको अध्यक्षता र महासचिब जयन्ती नेपालको संचालनमा भएको कार्यक्रममा सचिब मिठुदेवी लामाले स्वागत मन्तव्य राखेकी थिईन ।
यसैबीच अन्र्तक्रिया कार्यक्रममा छलफलको निष्कर्ष स्वरुप तपशिल बमोजिम ११ बँुदे सिन्धुपाल्चोक घोषणा पत्र जारी गरिएको छ ।
यस्तो छ घोषणापत्र
१ महिलाहरुको घरेलु श्रमको मुल्याँकन गरी राष््िटय आयमा गणना गर्न जोडदार माग गरिन्छ ।
२ महिला हिँसामा परेका तथा जोखिममा रहेका महिला तथा बालबालिकाहरुको उद्धार, राहात, कानुनी सहयोग र पुनस्थापनमा सबैकौ ऐक्यवद्धता अभिबृद्धि गर्नमा यो भेला प्रतिबद्धता जाहेर गर्दछ ।
३ आमाको नामबाट नागरिकता लिनको लागि सहज बनाउन वकालत र सहजिकरण गरिने छ । निति तथा कार्यविधि बनाउनको लागि
४ महिलाहरुको क्षमता विकासको लागि महिला केन्द्रित कार्यक्रम तर्जुमा तथा वजेट विनियोजनको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गरिनेछ ।
५ समान कामको समान ज्यालाको लागि सरोकारवाला निकायहरुसँग निरन्तर सहकार्य र सहजीकरण गरिने छ ।
६ महिलाको सुरक्षा, सम्मान र रोजगार अभिवृद्धिको लागि महिलाले महिलालाई सम्मान गर्ने संस्कारको शुरुवात गर्न र निरन्तर वकालत, सहकार्य र सहजीकरण गरिने छ ।
७ समतामुलक भविष्य निर्माणको लागि शिक्षामा महिला नेतृत्व विकास गर्नको लागि वकालत, सहजीकरण गरिने छ ।
८ महिलाहरुको साझा सवालमा एकिकृत हुनाको लागि सबै पार्टीका महिला नेताहरु एक भएर आवाज उठाउनको लागि यो भेला प्रतिवद्धता जाहेर गर्दछ ।
९ उद्यम तथा आर्थिक क्षेत्रको नेतृत्वमा महिलाको सहभागिता बढाउन संयुक्त पहल गरिनेछ ।
१० निर्वाचनको समयमा उम्मेदावरी सिफारिस गर्ने समितिहरुमा ५१ प्रतिशत महिला सहभागिता र महिला निर्वाचन क्षेत्र छुट्याउनु वकालत गरिनेछ ।
११ महिलासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दा, दिवश मनाउँदा महिला र पुरुषको समान सहभागितामा गर्नेको लागि गरिने छ ।