
नेत्र सायक पुजन राईको बाईक भेटियो तर उनी अझै वेपत्ता

फागुन २७, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका नेत्र सहायक पुजन राई वेपत्ता भएको तीन महिना पछि उनले प्रयोग गरिएको मोटर बाईक भेटिएको छ । बुधबार राईले प्रयोग गरिएको को.२१ प ५७९९ नम्बरको मोटर बाईक बाह्रबिसे नगरपालिकाको बोर्डरल्याण्ड रिसोर्ट नजिकै भोटेकोशी नदिमा भटिएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक देवेन्द्र बहादुर शाहले बताए । उनका अनुसार सडबाट झण्डै २० फिट तल नदि किनारमा भेटिएको बुलेट बाईक संगै वेपत्ता राईले लगाएको जुत्ता समेत भेटिएको थियो । उनको भने अझै पत्ता लागेको छैन् । हराएका राईको खोजी कार्य र अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । २५ बर्षिय राई तिलगङ्गा आँखा अस्पताल काठमाडौंका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत थिए ।
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकका रुपमा कार्यरत राई गत कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट साथी भेट्न भन्दै भोटेकोशी गाउँपालिका चाकु गएपछि नफर्केको स्थानीयको भनाई छ । साथी संगै मदिरा सेवन गरेर फर्किएका भनिएका राईको सडक दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको अनुसन्धान भने प्रहरीले जारी राखेको छ । बेपत्ता राईले प्रयोग गरिएको बाईक भेटिएको स्थान नदिले सडक कटान गरेको जोखिम क्षेत्र रहेको छ । उक्त क्षेत्रमा यसअघि पनि दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् ।
यसैबीच वेपत्ता राईको खोजी कार्य र अनुसन्धानको लागि प्रहरीलाई अनुरोध गरिएको बाह्रबिसे नगरपालिकामा मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई बताए । राईका परिवारले समेत वेपत्ता राईको खोजी गरिदिन ईलाका प्रहरी कार्यालय र बाह्रबिसे नगरपालिकालाई अनुरोध गरेका थिए ।