लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन भए प्रथम

फागुन २४, तातोपानी । नेपाली सेनाले आयोजना गरेको लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन कुलुङ्ग प्रथम भएका छन् ।

गोरख बक्स गण चौताराले सेना दिवसको अवसरमा आयोजना गरेको दौडमा अनिश थापा मगरले दोस्रो स्थान हात पारेका छन् भने रामेछापका बेदबहादुर सुनुवार तेस्रो भएका छन् ।

दौडमा प्रथम हुनेले १ लाख नगद पुरस्कार पाएका छन् भने दोस्रो हुनेलाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार, चौथो हुनेलाई २० हजार, पाँचौ हुनेलाई १५ र छैटो १० हजार पुरस्कार पाएका छन् ।

त्यस्तै सिन्धुपाल्चोक जिल्लाब्यापी रेसमा भने भोटेकोशी गाउँपालिकाका कृष्णबहादुर पौडेल प्रथम भएका छन् । मेलम्चीका श्यामकुमार तामाङ्ग दोस्रो र सहदेव खत्री तेस्रो भएका छन् ।

महिला तर्फ भोजपुरकी अनिता राई प्रथम र प्यूठानकी भूमी बुढामगर दोस्रो भएकी छिन् ।
सिन्धुपाल्चोकका प्रतियोगी र महिला प्रतियोगीमध्ये बिजयी हुनेहरुलाई भोटेकोशीका अध्यक्ष राजकुमार पौडेल, चाैतारा साँगाचाेकगढीका मेयर अमानसिंह तामाङ र ईन्द्रावतीका अध्यक्ष वंशलाल तामाङले पुरस्कार बितरण गरेका थिए ।
सो अवसरमा अन्तराष्ट्रिय धावक बैकुण्ठ मानन्धर र अल्ट्राधाविका मीरा राईलाई समेत मायाको चिनो दिइएको थियोे । त्यस्त‌ै कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी,सेनाका उच्च अधिकारी,प्रहरीका जिल्ला नेतृत्वलाई पनि अध्यक्ष पौडेलले मायाको चिनो प्रदान गरेका थिए ।