यसरी मनाए सिन्धुपाल्चोकका महिलाहरुले १११ औं अन्तर्राष्ट्रिय नारी दिवस
२४ फागुन, चौतारा (सिन्धुपाल्चोक) । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस दशैभरीका महिलाहरुले मनाएका छन् ।
यसै सन्दर्भमा सिन्धुपाल्चोकमा समेत महिलाहरुले १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित सदरमुकाम चौतारा लगाएत विभिन्न ठाउँहरुमा विविध कार्यक्रम गरी मनाएका हुन् ।
जिल्ला सदरमुकाम चौतारा बजार परिक्रमा गरी उनीहरुले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गरेका हुन् ।
महिला नेतृहरुले कार्यक्रम सम्वोधनका क्रममा सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्न तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्न माग गरेका छन् ।
दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुली प्रमुख आतिथ्य र अनेमसंघकी केन्द्रीय सदस्य अमृता नेपाल र सीता थापा लगाएत नेतृहरुले शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा शोभा उलक, कार्यपालिका सदस्य नारायणदेवी घले लगाएतको सहभागिता रहेको थियो । तारादेवी रानाको सन्चालन तथा मिना नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा १४ ओटै वडा सञ्जालका पदाधिकारीहरू, जनप्रतिनिधिहरू स्वयंसेवीकाहरू, आमा समुह, अन्तर पार्टी महिला सञ्जालका सदस्यहरू, महिला शिक्षक जिल्ला स्काउट, स्वास्थ कर्मी, सहयोगता प्रमुख, लगाएत सहभागि रहेका थिए ।
चौतारा सागाचोकगढी नगरपालिका नगर स्तरीय महिला सञ्जालको आयोजना र चौतारा सागाचोकगढी नगरपालिका,जनहित ग्रामीण सेवा समिति, सिडिईसिएफ सेवक नेपाल, शान्ति फाउन्डेसन आदि सस्थाहरूको सहयोगमा भएको हो ।