चौसागढी नगरपालिकाको नवौं नगरसभा, उत्कृष्ट शिक्षक तथा विद्यार्थी पुरस्कृत

फागुन २०, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नवौं नगरसभामा सम्पन्न भएको छ ।
नगरपालिकाले अहिले सम्म गरेको कामको समिक्षा सहित खर्च व्यवस्थापन र आगमी योजना लगाएत महत्वपूर्ण लोकप्रिय निर्णसहित नवौं नगरसभा सम्पन्न गरेको हो । नगरसभामा नगरपालिको ६९ करोड ५३ लाख ९ हजार ८ सय ८३ रुपैँया चालु बजेट रहेकोमा अहिलेसम्म ३३ करोड १३ लाख ४४ हजार ५ सय ६८ रुपैँया पच्चिस पैसा खर्च भएको उपप्रमुख पराजुलिले सभामा प्रस्तुत गरेकी थिईन । नगरसभामा नगरपालिका उपप्रमुख जानुका पराजुलिले आर्थिक वर्ष २०७७÷०७८ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी हुन ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उपप्रमुख पराजुलीले ४६ करोड ६९ लाख ५६ हजार ७ सय रुपैँया जम्मा पँजीगत खर्च रहेकोमा ९ करोड ५२ लाख ६१ हजार ३ सय ९५ रुपैँया अर्थात (२०.४४%) खर्च भएको उपप्रमुख पराजुलिले उल्लेख गरिन । १ अर्ब १६ करोड १२ लाख ६६ हजार ५ सय ८३ रुपैँया जम्मा बजेटमा ४२ करोड ६६ लाख ५ हजार ९ सय ६३ रुपैँया २५ पैसा अर्थात (३६.७३%) खर्च भएको नगरपालिकाको ठहर छ ।

कार्यक्रममा नगरपालिका मेयर अमानसिं तामाङले नगरपालिकाले पछिल्ला वर्षहरुमा विकासका महत्वपूर्ण सुचकहरु कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, मानव विकास सुचांकका दृष्टिले उल्लेख्य सुधार भएको बताए ।
उनका अनुसार नगरपालिका तर्फका जम्मा २ सय ११ योजनाहरु मध्येबाट ११८ वटा योजनाहरुको सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । यस्तैै वडा कार्यालय तर्फका जम्मा योजनाहरु ४ सय ४४ मध्येबाट २ सय ५८ वटा योजनाहरुको सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । नगरपालिकाले सडक तर्फ ३८.७९ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेको जनाएको छ । यस्तै सडक तर्फ ४ सय २१ मिटर ढलान कार्य र १ हजार ५ सय ५० मिटर सडक कालोपत्रे भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस आर्थिक वर्षको माघ मसान्त सम्म मात्रै शीर्षकगत आयमा रु ५१ लाख ९६ हजार ३ सय १९ सङ्कलन गरेको छ । यस्तै नगरपालिकाले दोस्रो चौमासिकसम्म ढुङ्गा, गिट्टी,बालुवाको बिक्रीबाट १४ करोड ५५ लाख २० हजार ५ सय ६९ सङ्कलन भएको समेत जनाएको छ ।

यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाले वडागत रूपमा यस आर्थिक वर्षको माघ मसान्त सम्ममा १ करोड ८ लाख ८७ हजार १ सय पचास राजस्व सङ्कलन गरेको छ । नगरपालिकाका १४ वडाहरू मध्य वडा नंं. ५ चौताराले सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले होम डेलिभरी शून्य गराउनको लागि वर्थिङ सेन्टरमा आउँदा जाँदा एम्बुलेन्समा लाग्ने खर्च निःशुल्क गर्दै आएको छ । जसमा यो वर्ष १६२ जनालाई एम्बुलेन्स भाडा उपलब्ध गरिएको जनाएको छ ।

उत्कृष्ट शिक्षक तथा विद्यार्र्थी पुरस्कृत
नगरपालिकाको नवौं नगरसभाको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको वार्षिक परीक्षा २०७६ को नतिजाको आधारमा उत्कृष्ट भएका छात्र छात्रालाई नगद पुरस्कार सहित सम्मान गरेको छ । जसमा कृष्ण रत्न गंगा माध्यामिक विद्यालयका नर्सरीदेखि कक्षा १२ सम्मका २० जना छात्रछात्राले नगरपालिका भरिमा प्रथम् भई पुरस्कार प्राप्त गर्न सफल भएका छन् । यस्तै सिद्धिगणेश माध्यमिक विद्यालयका १०, कालिकादेवी माध्यमिक विद्यालयका चौतारा साँगाचोकगढी, जुगल वोर्डिङ हाइस्कूल, र सुकुटे माध्यमिक विद्यालयका १ ÷ १ जना विद्यार्थि पुरस्कृत भएका छन् ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको वार्षिक परीक्षा २०७६ को नतिजाको आधारमा उत्कृष्ट भएका शिक्षकहरुलाई पनि सम्मान गरीएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको नवौं नगरसभामा मार्फत कालीकादेवी माविका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रघु तामाङलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरीएको छ । त्यस्तै सेतीदेवी माध्यामिक विद्यालय ठूलोसिरुवारी लगाएत विद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको थियो । नगरसभामा नगरभित्रका सबै जनप्रतिनिधि, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।