खानेपानी मन्त्रीलाई प्रभावित क्षेत्र सरकोकार समितिले बुझायो ज्ञापनपत्र

फागुन १०, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र सरकोकारवालाहरुले प्रभावितहरुको समस्या सुनुवाई नगरी पानी पथान्तरण गर्न खोजेको भन्दै विरोध जनाएका छन् । आज खानेपानीपानी मन्त्री मणि थापा मेलम्ची खानेपानी आयोजना स्थल अम्बाथानमा रहेको सुरुङमा पानी हालेर परिक्षण गर्न पुग्दा प्रभावित क्षेत्र सरोकार समितिहरुको तर्फबाट ज्ञापन पत्र बुझार्ईएको हो । मन्त्रीलाई ज्ञापनपत्र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र सरकोकार समन्वय समितिका संयोजक उपेन्द्र तामाङले बुझाएका थिए । मन्त्रीलाई ज्ञापनपत्र बुझाए पछि पतिक्रिया दिंदै संयोजक तामाङले मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरबको आयोजना भएपनि प्रभावित जनताको माग र समस्या समाधान नगरी पानी पथान्तरण गर्न लागेको प्रति आपत्ति जनाए । ‘जनताका मागहरु मेलम्ची खोलाको दृघकालिन पथान्तरणको कारण पर्न जाने असर न्युनिकरण संगै सम्बन्धित छन् तर यसप्रति सरकारले चासो देखाएको देखिएन’, संयोजक तामाङले भने । यदि जनताको मागहरुको न्यायचित सम्बोधन हुन नसकेको खण्डमा प्रभावित समुदायको तर्फबाट उत्पन्न हुनसक्ने स्वत स्फुर्त असन्तुष्टीको जवाफदेहिता विभागीय मन्त्रालय र आयोजना हुने चेतवानी समेत दिए । प्रभावित जनतालाई सम्बोधन विनानै पानी पथान्तरण गर्न लागिएको भन्दै स्थानीयले आपत्ती जनाएका छन् ।

स्मरण रहोस आज खानेपानी मन्त्री मणि थापलो सुरूङमा पानी हालेर परीक्षण शुरु गरेका थिए । सो कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङ, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

करिव ३० बर्ष पहिले सुरु भएको मेलम्ची खानेपानी योजना अन्तर्गतको मुख्य सुरुङमा पानी भरेर सफलतापूर्वक परीक्षण शुरु गरिएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने जनाईएको छ । आयोजनाका अनुसार आउँदो जेठ सम्म काठमाडौंका जनताले मेलम्चीको पानी प्रयोग गर्नेछन् ।
यस्तो छ प्रभावितहरुको ज्ञापनपत्र