चौतारामा ठुलाे धनरासी पुरस्कारकाे जिल्लास्तरीय कराँते प्रतियोगिता हुँदै
ज्वाला संवाददाता
माघ २१,चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचाेकगढी नगर खेलकुद बिकास समितिको आयोजनामा यहि माघ २३ र २४ गते जिल्ला स्तरीय कराँते च्याम्पियनसिप २०७७ प्रतियोगिता हुने भएको छ । चौतारा कवर्ड हल सिन्धुपाल्चोकमा हुने उक्त प्रतियोगिता यस अघिका प्रतियाेगिता मध्य स्थानीय तहमा ठूलाे धनराशीकाे पुरस्कार भएकाे अायाेजककाे दावी छ । जसअनुसार प्रथम, द्वतिय तथा तृतिय हुने खेलाडीहरुलाई क्रमशः रु.३० हजार, २० हजार र १० हजार पुरस्कार स्वरुप प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
कोभिड– १९ का कारण कुनै पनि किसिमको खेलकुद गतिविधि नभएको अवस्थामा यस प्रतियोगिताले कराँते खेलाडीहरुमा शारीरिक, मानसिक पिडाबाट मुक्त हुँदै नयाँ जोश जागर र आत्मबिश्वास बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अायाेजक कमिटीका कराँते विभाग प्रमुख गंगा श्रेष्ठले सिन्धुज्वालालाई बताए । उनका अनुसार उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई नगदसहित प्रमाणपत्र, मेडल तथा शिलको ब्यबस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि १३ नम्बर वडा कार्यालय ठुलोसिरुबारी, सिन्धुपाल्चोक खेलकुद बिकास समिति र ठुलोसिरुबारी डोजोको सहकार्यमा प्रमुख भुमिका हुने उक्त प्रतियाेगिताका लागि टिम दर्ता लगाएत अावश्यक तयारी पूरा भईसकेकाे कराँते बिभाग प्रमुख श्रेष्ठले जानकारी गराए ।