ओलीद्वारा फेरी अर्को असंवैधानिक कदम, प्रचण्ड–नेपाल पक्षद्वारा देशव्यापी आमहड्तालको घोषणा (प्रेस वक्तव्य सहित)

ज्वाला संवाददाता
माघ २१, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।
यसअघि प्रतिनिधि सभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको नेकपा प्रचण्ड माधव पक्षले जनाएको छ । प्रचण्ड माधव पक्षले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा सो पक्षले भत्र्सना समेत गरेको गरेको छ ।
त्यस्तै प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरेको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिने पत्रकार सम्मेलनमा नेतृ भुषालले जानकारी दिइन् ।


सो पार्टीले जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ–‘वर्तमान केपी ओली सरकारले प्रतिनिधिसभा विघटनको असवैंधानिक अलोकतान्त्रिक, निरकुंश र प्रतिगामी कदम चाले पछि यतिबेला सबै राजनैतिक पार्टीहरु नागरिक समाज, संघसंस्थाहरु र आम जनसमुदाय सहित सिंगो देश उक्त असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्व आन्दोलत रहेको छ । यसरी देश आन्दोलन रहेकै अवस्थामा आज माघ २१ गते सरकार र राष्ट्रपति मिलेर असवैंधानिक एवम् सदस्यहरुलाई बलमिच्याई गरी सपथग्रहण कार्य गरिएको छ ।
आज सपथ ग्रहण गराउनु निरकुंशता, जोरजर्वजस्ती र निर्लज्जताको पराकाष्ट हो । हाम्रो पार्टी यसको घोर भर्सना गर्दै खारेजीको माग गर्दछ ।’
वक्तव्यमा पुनः भनिएको छ–‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तीको ज्याजतीपूर्ण निरंकुश कदमको विरोधमा भोली २०७७ माघ २७ गते देशव्यापी आमहडताल आह्वान गर्दछ ।’
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि सिन्धुपाल्चोकले समेत आमहडताल सफल बनाउन जनसमुदायमा आग्रह गरेको छ ।