अबको अन्तिम विकल्प के हुन सक्छ ?

बिबि रायमाझी ‘अशोक’

सहिद घाईतेहरुको रगत वेपत्ता परिवार र आम न्यायप्रेमी जनताहरुको आँशु र संविधान अन्र्तगत निर्वाचिात समाजवाद उन्मुख संविधान अन्र्तगत निर्वाचित संसदलाई प्रम ओलीले स्वच्छचारी ढंगबाट विघटन गरेका छन् । यो अस्वभाविक र निन्दनीय घटनाले जनताका दुस्मनहरुको मनबल उच्च भएको छ । उनीहरुले तनमन धनले जताततै उत्सब मनाईरहेका छन् । कोही पार्टी त कोही दिपावली गर्दै छन् । पुराना सोच र चिन्तन भएका प्रतिगामी शक्तिहरु आफ्नो लुटको स्वर्ग पुनः फिर्ता गर्ने दाउमा छन् । भने परिवर्तनकामी स्वाभिमानी र लोकतन्त्रवादी जनताहरु यो प्रतिगामी कदमले मर्माहित अपमानित भएको महसुस गरेका छन् । कम्युनिष्ट पार्टी माथि निर्मम प्रहार गर्दै राष्ट्रिय स्वाधिनता सार्वभौम सत्ता, अखण्डता र नेपाली जनताको भावनात्मक एकता माथि गम्भिर कुठाराघात गरेको महसुस गरेका छन् । कम्युनिष्टहरु रक्षात्मक अवस्थामा रहेको वर्तमान विश्वको राजनीतिक परिवेशमा राष्ट्रिय एकता, सभ्य र वैज्ञानिक संस्कृतिको निर्माण आर्थिक सामाजिक र राजनीतिक रुपान्तर स्थिर सरकार, दिगो शान्ती र समृद्विको निम्ति जनताले उद्दात्त भावनाबाट जसरी मत जाहेर गरेका थिए । त्यसको घोर अवमूल्याङन विश्वासघात गर्दै यतिबेला प्रधानमन्त्री ओलीले मुलुकलाई अस्थिरता र कालो युगमा धकेल्ने धृष्टता किन गरे ? यस्तो प्रतिकुल अवस्थामा प्राप्त भएको जनतालाई किन उनले सहि ढंगले सदुपयोग गर्न नसकेको असंवैधानिक ‘कु’ मार्फत संसद विघटन गर्न पुगे कसले दियो उनललाई यस्तो भष्मासुरे आदेश ? एउटा व्यक्तिको सनक र लहडमा सिंगोे राष्ट्रियतालाई कमजोर बनाउँदै एकतामा दृढ नेपालीहरुको भावनामा चोट पु¥याउँदै माक्सवादी चेतना र शिद्वान्त माथि किन आगो झोसे ? हराभरा र समृद्विको रफ्तारमा अघि बढ्न चाहेको नेपाललाई किन उजाड मरुभूमिमा परिणत गर्न खोजे ? जनताको रगत पसिना र आँशुद्वारा लेखिएको यो संविधानलाई किन उनले आफ्नो घरायसी तमसुकको रुपमा उपहास गरे ? श्रम र सृजनाका खानी प्राणदाता जनतालाई किन उनले निरिह रैति ठाने ? ओलीको प्रतिगमन सामन्य विषय होईन । यो कदम क्रान्ति होईन प्रतिक्रान्ति हो । अग्रगमन होईन पश्चगमन हो । सुशासन होईन कुशासन हो । विधि र कानुनी राज्य होईन स्वच्छेधारिता तानशाही हो । जनताको प्रतिको सम्मान र विश्वास होईन अपमान र विश्वासघात हो । एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको अध्यक्षको हैसियतले नेपालको क्रान्तिकारी ईतिहासलाई हिलोमा पुर्न किन कसरी दुस्साहस हरुको कदम चालेर कहिल्यै नमेटिने कलंकको टिका लगाउन पुगे ? सामन्त दलाल, नोकरशाही वर्ग लगाएत जनताका दुस्मनलाई चिहानमा गाड्न सक्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेता एकाएक कसरी गोर्वाचोव बन्न पुगे । विगत देखिको उनको अवछिन्नित घटनाक्रमले पुष्टि गर्छकी यो उनको माक्र्सवाद लेलिनवाद प्रतिको अरुचि र त्यसप्रति शैद्वान्तिक बिचलन नै हो । कम्युनिष्ट विचार गुमाएपछि जनताप्रति विश्वासघात गर्नु र वर्गदुुस्मन सामु आत्मसमर्पण गर्नु जुनसुकै व्यक्तिको सच्चा आदर्श बन्न पुग्दछ । लाखौं जनताको बलिदानबाट स्थपना स्थापना भएका समाजवादी मुलुकहरु एकथोपा रगत नबगाई प्रतिक्रन्ति भएका छन् । समाजवाभदी मुलुक ढलेका छन् । नेपालमा पनि हजारांै जनताको बलिदानबाट प्राप्त यो राजनीति उपलब्धीलाई समाप्त पार्न केपी ओली सम्पूर्ण शक्तिसाथ लागि परेका छन् । उनलाई काम गर्न नदिएकाले संसद विघटन गर्नु परेको उनको काईते तर्क छ । के यो तर्क वास्तविक हो ? के प्रचण्ड, माधव र झलनाथ खनालहरु पार्टी भित्रका षड्यन्त्रकारी हुन् ? के उनीहरु ओलीको समृद्व नेपाल र सुखी नेपालीको नाराको विरोधी हुन् ? के सिंचाईका कुलाहरु खन्न नदिकै हुन् ? के कृषि आधुनिककरणका लागि उन्नत जातका विउ प्रवृति, मल र औजार दिनुहुन्न भनेर रोजेकै हुन् ? के सडक खन्न र पिच गर्न नदिएकै हुन् ? के आधुनिक कलकारखाना निर्माण गर्न र युवाहरुलाई रोजगार गर्न दिनुहुन्न भनेर अबरोध खडा गरेकै हुन् ? के विद्यालय भवन बनाउन नदिएकै ह्न् ? के उखु किसानसंग पैसा नदिन मिल मालिकसंग गोप्य संगठन गरेकै हुन् ? के उनीहरुले वाईडबढी जाहाज खरिद गर्न अरबौं रुपैया खाएर सरकारलाई अप्ठ्यारो पारेकै हुन् ? के उनीहरुले सरकारी जग्गा यति समुहलाई सस्तोमा ठेक्का दिएर सरकारलाई घाटा पु¥याएकै हुन् ? के उनीहरुले वालुटार स्थित ललिता निवासको जग्गा आफ्नो नाममा बनाएर सरकारको बेईज्जत गरेकै हुन् ? के उनीहरुले औषधी खरिद गर्दा आम्नी समुह संग कमिशन खाएर प्रधानमन्त्रीलाई असहयोग गरेकै हुन् ? के उनीहरुले गोकुल बास्कोटा संग मिलेर ७० करोड खान खोजेकै हुन् ? उनीहरुले प्रधानमन्त्रीलाई कुन कुन कुरामा असयोग गरे ? प्रधानमन्त्री ज्युसंग फेहरिस्त पक्कै होला । हाम्रो मान्यता छ । जहाँ समस्या छ त्याही समाधान खोजिनुपर्दछ । पार्टी भित्रको समस्याको हल अन्य खोज्ने होईन पार्टीभित्र नै खोजिनु पर्छ । टाउकोमा जुम्राले टोक्दा खुट्टा कन्याउने होईन । गोरु हान्न आयो भनेर गाईलाई डाम्ने होईन । दाजुभाईको झगडा पर्दा त्यसको रिसले आफ्नो घरमा आगो लगाउने होईन । पार्टीभित्रको विवाद विधि र प्रद्वति अनुसार पार्टीभित्रै हल गरिनुपर्छ । पार्टी भित्रको विवादमा झोक चल्यो भन्दैमा संसद विघटन गर्ने संविधान विरोधी हर्कत गर्न कसैलाई छुट छैन् । के नेपाली कांग्रेस, जसपा, राजमो र राप्रपाका संसदहरुले संसदमा आफ्नो भूमिका निर्वाहा गर्दा प्रधानमन्त्रीलाई कुनै अपठ्यारो पारेका थिए । रिस उठ्ने प्रचण्ड, माधव र झलनाथहरु संग अनी कारवाही गर्ने नेपाली कांग्रेस जसपा राप्रपा र राजमोका सांसदहरुलाई ? एकजना व्यक्तिको सनकमा प्रतिगमन तर्फ धकेल्ने सिंगो मुलुकलाई पार्टीको सञ्चालन गर्न उनले नियमित बैठक राख्न त कता हो कता उनलाई वैठकमा आउनको निम्ति बिन्तिपत्र हाल्न परेको दुःखद् परिस्थिति हेर्दा तितो अनुभूति लाग्छ । कसरी चल्यो होला अंगप्रत्याङ्ग पार्टीको ? हामी सबैलाई थाहा छ । नेपालीहरुमा कम्युनिष्ट प्रतिको जनलहर र चुनावी परिणामले प्रतिक्रियावादी वैदेशिक शक्ति केन्द्रलाई टाउको दुखाईको केन्द्र बनेको थियो । कम्युनिष्ट प्रभाव रोक्न नेतृत्वको हत्या गर्न नेतृत्व किन्ने पार्टी किन्ने पार्टी फुटाउने ? नीति र कार्यमा भाँजो हाल्ने र कार्यान्वयन गर्न नदिने विभिन्न असम्भव शर्तहरु राख्ने र असफल बनाउने, महँगी बढाएर सरकारको बदनाम बनाउने, नेतृत्वको बदनाम बनाउने यथावत सम्पूर्ण हथकाण्ड प्रयोग गर्दछन् । ४ मार्च १८१६ सुनौलि र २१ जुलाई १९५० अथवा २००७ श्रावण १६ गतेको दिनको सम्झौताले नेपाललाई औपनिवेशिक मुलुक बनायो । राष्ट्रवादी दिल्ली सम्झौता खारेज गर्न देशभक्त नेपालीहरु यसको विरुद्व लडिरहेका जगजाहेर छ । दुवै देशको सहमतिमा विदेश मामिला सम्वन्धी विज्ञहरुको टोली इ.पि.जी गठन गरियो र यसले सझा प्रतिवेदन तयार पा¥यो । झण्डै दुईतिहाईको कम्युनिष्ट पार्टीको सरकारले सो प्रतिवेदन कार्यान्वयन भारतलाई दवाव पर्न सक्थ्यो । यदि यो प्रतिवेदन कार्यान्वयनमा गयो भने सन १९५० को सन्धि स्वतः निश्क्रिय हुन जान्थ्यो । एमसिसि पनि उनीहरुले भने जस्तो हुबहु संसदमा पास हुन सक्ने सम्भावना थिएन । सन १९५० को सम्झौतालाई बचाई राख्न र एकसिसि हुबहु पास गर्नको निम्ति कम्युनिष्ट पार्टीलाई फुटाएर कमजोर बनाउनु पथ्र्याे ।
त्यहि योजना लिएर लिएर कार्तिक ५ गते राति भारतीय गुप्तचर विभागका प्रमुख सामन्त गोयल बालुवाटार छिरे । कार्तिक १९ गते भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नर्मतो नेपाल आए । उनका अनुकुलका व्यक्तिहरुलाई भेटे । मंसिर ११ गते भारतीय परराष्ट्र मन्त्रालयका सचिव हर्ष वर्दन शृंगला नेपाल आएर उनका चेलाहरु संग कानेखुशी गरे । मंसिर २५ गते भारतीय जनता पार्टीको विदेश विभागका सचिव विजय चौधाईवाले नेपाल आए । नेपालका प्रधानमन्त्री केपी ओलीसंग विरोध भेटवार्ता गरेर उनी भारत फर्के । त्यसको १० दिन पछि अर्थात पौष ५ गते प्रधानमन्त्री केपी ओलीले देशको संविधानलाई मिचेर हठात संसद विघटन गरे । यो संयोग होईन सुनियोजित षड्यन्त्र हो । पार्टी विरुद्व गतिविधि गरेकाले उनलाई पार्टीले पार्टीले अनुशासनको कारवाही ग¥यो । पार्टी दुईसमुहमा समुहमा विभाजन भयो । भारत, अमेरिका लगाएत कम्युनिष्ट विरोधी शक्तिहरु आफ्नो योजनामा सफल भए । हरेक घटनाहरुको प्रधान कार्यन्वयन आन्तरिक हुन्छ । वाह्य भूमिका संधै सहायक हुन्छ । आफू विनाश हुनाको कारण अरुलाई दोष दिएर पन्छिन मिल्दैन मूख्य कुरा सिद्वान्तलाई दरोसंग समातेर जनतालाई विश्वासमा लिएर मलुकलाई समृद्विको दिशातर्फ हाक्न सक्नुपर्छ ।
राम्रोसंग तरकारी बारीमा बाख्रा र कुखुरा भित्र पस्न सक्दैनन् । देशको मायाँ नभएका, मुलुकलाई यो ठाउँमा ल्याउन कुनै भूमिका नभएका, असक्षम र दुरदृष्टि नभएका हातमा सरकार सुम्पिदा मुलुकले ठूलो मूल्य चुकाउन पर्ने हुन्छ । केपीले नजनयुद्वको समर्थन गरे नत जनआन्दोलनको, न राजनैतिक परिवर्तनलाई स्विकारे नत संविधानलाई । यि तमाम घटनाक्रहरुले के पुष्टि गरेको छ भने उनी राष्ट्रका सक्षम नायक होईनन्, विदेशीका कठपुतली हुन्, प्रतिक्रान्तिका खलनायक हुन् । उनले कम्युनिष्ट पार्टीको साधारण सदस्यको पनि हैसियत पनि गुमाई सकेका छन् । उनका माक्सवादी, लेलिनवादी सिद्वान्तवाट बिचलित भईसकेका लाईनका बफदार सिपाई भईसकेका छन् ।
उनमा कम्युनिष्ट प्रति अलिकति पनि आस्था भएको कम्युनिष्ट पार्टीलाई यो हालतमा पु¥याउदैनथे । सहजै अनुमान गर्न सकिन्छकी उनको राजनैतिक जीवन भनेको उनी सरकारमा कति सम्म सम्म टिक्न सक्छन् भन्ने मात्र हो । त्यसैले यो बेलामा सरकारमा टिकीरहनको निम्ति जस्तोसुकै अपराध गर्न पछि पर्दैनन् । राष्ट्रियता दाउमा राख्न सक्छन्, जनताको सुन्दर भविश्य माथि संगिन विरुवा रोप्न सक्छन् । उनलाई उनकै ईच्छामा अगाडि बढ्ने प्रश्रय दियो भने यो मुलुक गम्भिर दुर्घटनामा पर्न सक्छ । त्यसेले संविधानलाई सहि ट्रयाकमा ल्याउन, कानुनी सुशासन स्थापना, देशमा शान्ती, स्थिरता र समृद्वि ल्याउन जतिसक्दो चाँडो उनलाई देशको नेतृत्व गर्नबाट रोक्नुपर्छ । यसको निम्ति सम्पूर्ण वुद्विजिवि, कानुन व्यवसायी, नागरिक समाज, सम्पूर्णवादी, संसदवादीहरुको संयुक्त मोर्चा निर्माण गरी आन्दोलनको आँधीवेरी ल्याउनुको दोस्रो विकल्प छैन् ।