प्रतिगमनका विरुद्व युवाहरुमा जागरण ल्याउँदै राष्ट्रिय युवा संघ नेपाल

माघ ५, बाह्रबिसे (सिन्धुपाल्चोक) । प्रधानमनत्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनको विरुद्व राष्ट्रिय युवासंघ नेपालले देशभर युवा जागरण अभियान सुरुवात गरेको छ । प्रम ओलीको कदम प्रतिगामी र असंवैधानिक भएको ठहर गर्दै राष्ट्रिय युवासंघ नेपालले सिन्धुपाल्चोकमा समेत भेला, प्रशिक्षण मार्फत युवाहरुमा जागरण अभियान सुरुवात गरेको हो ।

सोही अभियान अन्र्तगत सोमबार राष्ट्रिय युवासंघ नेपालले जिल्लाको बाह्रबिसे बजारमा नगरपालिका स्तरीय बुहत भेला सम्मन्न गरेको छ । बाह्रबिसे नगर कमिटिद्वारा आयोजित बृहत युवा भेला कार्यक्रम पूर्व कानुनमन्त्री सांसद शेरबहादुर तामाङ लगाएत नेताहरुले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका पार्टीका केन्द्रीय सदस्य तामाङले संविधानको कुनैपनि पनि धारामा प्रधानमन्त्रीले विघटन गर्ने अधिकार नभएको भन्दै त्यो अधिकारी नेपाली जनतालाई मात्र रहेको बताए ।

आधीकारिक पार्टीकोे सन्दर्भमा आफ्नो धारणा राख्दै नेता तामाङले पार्टी अदालतले छाप लगाई दिएर पार्टी गटन नहुने जिकिर गरे । ‘चिन्ह र झण्डा जनताले निर्माण गर्ने हो, अदालतले होईन’, नेता तामाङले भने । पार्टीको चिन्ह के राख्ने भन्ने विषय गौण भएको बताउँदै उनले जुन चिन्ह भएपनि चिन्तित नहुन कार्यकर्तालाई आग्रह गरे । प्रतिगमन विरुद्वको अबको आन्दोलनले सबै किसिमका दलाल तत्वहरूलाई अन्त्य गर्ने उनले ठोकुवा गरे । त्यस्तै कार्यक्रमका विशेष अतिथि सरल सहयात्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्व सडकमा उत्रिन युवाहरुलाई आग्रह गरे । ओलीका गलत क्रियालपका विरूद्ध लड्न सक्ने तागत युवाहरूमा भएन भने शासकको दास भईरहनु पर्ने धारणा राख्दै नेता पौडेलले भने, ‘आन्दोलनको लागि तपाईहरू तयार हुनुहोस, हामी टाउको थाप्न र नेतृत्व गर्न तयार छौ ।’ केपीओलीले आत्महत्या गर्न तयार हुने तर जनतालाई सजिलै सत्ता हस्तान्तरण नगर्ने बताउँदै नेता पौडेलले दुई पार्टीलाई एक बनाउन समन्वय गर्न खोज्ने वामदेव प्रवृतिहरू अवसरवादी भएको जिकिर गरे ।

कार्यक्रममा अर्का विशेष अतिथि बाह्रबिसे नगरपालिकाका मेयर तथा नेकपा बाह्रबिसे नगरकमिटि ईन्चार्ज निमफुञ्जो शेर्पाले अहिले आन्दोलन प्रतिगामीका विरुद्व भएकाले युवाहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखे । केपी ओलीका विरुद्व सिङ्गो मुलुक उभ्भिरहेको बेलामा केही युवाहरु लकपकिएको भन्दै नगरकमिटिका ईन्चार्ज शेपाले कहिले यता कहिले उता नलाग्न आग्रह गरे । कहिले यता कहिले उता लाग्ने युवा अनुशान हिन र अवसरवादी हुने उनले जिकिर गरे । केपी ओली समुहको बाह्रबिसे नगरपालिकामा शून्य रहेको दावी गर्दै शेर्पाले जिल्लामा समेत केपी ओलीको प्रभाव अत्यान्त न्युन रहेको ठोकुवा गरे ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य कृष्णहरी केसीले केपी ओलीको शासन अब ३ महिना भन्दा नटिक्ने ठोकुवा गरे । केपी ओलीले दलालीको नोकर बनीरहेको आरोप लगाउँदै युवा नेता केसीले नेपालको संविधानमा ६४ प्रतिशतले संसद विघटन गर्न पाउने अधिकार नभई संरक्षण मात्र गर्ने अधिकार भएको जिकिर गरे ।

त्यस्तै कार्यक्रममा बाह्रबिसे नगरपालिकाकी उमयेर शुशिला पाख्रिनले प्रधानमन्त्री ओलीको असंवैधानिक र प्रतिगामी कदमको विरुद्व भएको आन्दोलनमा युवाहरुको भूमिका निर्णायक हुने बताउँदै युवाहरुलाई सशक्त रुपमा लाग्न आग्रह गरिन ।
राष्ट्रिय युवा संघको भेला तथा प्रशिक्षण मार्फत युवा जागरण कार्यक्रम सिन्धुपाल्चोकका सबै स्थानीय तहमा निरन्तर रहेको राष्ट्रिय युवासंघका जिल्ला संयोजक सविन आचार्यले सिन्धुज्वालालाई जानकारी दिए ।
बाह्रबिसे खोर्सानीबारीमा भेला हुनुपूर्व युवाहरुको नारा सहितको जुलुुसले बाह्रबिसे बजार परिक्रममा गरेको थियो ।