नेकपा सिन्धुपाल्चोकले ६ हजार ५ सय जनता काठ्माण्डौ उतार्ने

निर्मल बस्नेत ÷चौतारा
नेकपा सिन्धुपाल्चोक जिल्ला कार्यालयको माघ ६ गते बसेको बैठकले ९ गते हुने काठ्माण्डौमा हुने बिशाल जनपर्दशनमा सिन्धुपाल्चोक ६ हजार ५ सय काठ्माण्डौ उतार्ने भएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ को संबिधानको अवमूल्यन गर्दै प्रधानमन्त्री केपी ओलीबाट संसद बिगठन गरिएको हुँदा उक्त असंबैधानीक कदमको बिरुद्ध खवरदारी गर्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रिय संघर्ष समितिको आयोजनामा हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत बाग्मती,गण्डक र २ नम्बर प्रदेशको सहभागितामा बिशाल जनप्रर्दशन कार्यक्रको आयोजना गरिएको छ । उक्त विज्ञप्तीमार्फत कार्यक्रममा सहभागि हुनका लागि जिल्ला पार्टीेले पार्टी कमिटिमा आवद्धता संगठित सदस्यहरु, जनप्रतिनीधि,जनबर्गिय संगठन, विभिन्न अधिककारको जातीय मार्चामा आवद्धहरु, पार्टीका शुभचिन्तक,पत्रकार, कलाकार र आम सिन्धुवासी न्यायप्रेमी जनसमुदायहरुमा जनपर्दशनमा सहभागिताको लागि अनुरोध गरिएको पार्टी जिल्ला सचिव गोविन्द पराजुलीले जानकारी दिए । उनका अनुसार जिल्लाबाट ६ हजार ५ सय काठ्माण्डौ उतार्ने लक्ष्य रहेको छ ।