माघेसंक्रान्तिकाे अवसरमा डाेने साँस्कृतिक पहिचान झल्कने कार्यक्रम

माघ १, भिमटार (सिन्धुपाल्चोक )। जिल्लाको इन्द्रावती गाउपालिका वडा नम्बर १२ भिमटारमा नेपाल डोने समाज केन्द्रीय समिति तथा सिन्धुपाल्चोक समितिद्वारा आयोजित डोने पहिचान कार्यक्रम सफलता पुर्व सम्पन्न भएको छ।
माघे संक्रान्तिको उपलक्ष्यमा डोने पहिचान संस्कृति, भेष भुषा, भाषालाई जगेर्ना गरि डोने भाषा संस्कृति – डोने पहिचान , २०७८ राष्ट्रिय जनगणना हाम्रो अभियान भन्ने नारा सहित कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा इन्द्रावती गाउपालिका अध्यक्ष वंशलाल तामाङ रहेको थियो।
कार्यक्रममा वक्ताको रुपमा डोने जाति सम्बन्धि धेरै अतिथिहरुले आ- आफ्नो धारामाहरु व्यक्त गरेको थियो ।
डोने जातिले भुमि पुजा प्रकृति पुजा अलि बढी गर्छ प्रकृतिलाई पुज्ने संरक्षण गर्ने गरेको नेपाल डोने समाज महिला संघका महासचिव सरस्वती डोनेले बताए ।
उनका अनुसार अब हामीले डोने जाति पहिचानकोलागि आउदो २०७८ सालको जनगणनामा गणना गर्नु पर्छ।
हाम्रो अहिलेको अभियान पनि डोने भाषा संस्कृति – डोने पहिचान २०७८ राष्ट्रिय जनगणना हाम्रो अभियान रहेको उनको भनाइ रहेको छ।
संस्कृति ,पहिचान, भाषाको निरन्तरता नभएकोले दनुवार (डोने) जाति पछाडि परेको हो। यदि डोने पहिचानलाई निरन्तरता दिने हो भने डोने जाति पहिचान पछि सम्म रहन सक्ने भिमेश्वरि माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले बताए ।
उनका अनुसार डोने जातिको हकमा बिमतिहरु छन् आउछन् यस्लाई विचारको वहस गरि एकता कायम गर्नु पर्छ। डोने पहिचानलाई दिर्घकालिन योजना राखि संस्कृति पहिचान नामाकरण गरि डोने पहिचान गराउन पर्ने यहाँको मुख्य बिषय रहेको उनको भनाई रहेको छ।
दनुवार जागरण भनेको सुनेको र डोने भनेको भर्खर भर्खर सुन्नमा आएको तर स्प्रस्ट हुन नसकेको इन्द्रावती वडा नम्बर १२ का नेकपा कमिटी इन्चार्ज रामहरि दनुवारले बताए ।
उनले डोने भनिने जातित्वको आधारमा बहसका निम्ति कुनै पनि वैठकमा निमन्त्रणा नपाएको गुनासो पोखे।
उनका अनुसार इन्द्रावती वडा नम्बर १२ का अध्यक्ष डोने नै भएता पनि यस्ता पहिचान कार्यक्रममा बजेट बिनियोजन शून्य रहेको छ।
यसै वडाका अध्यक्षले वडामा उपभोक्ता समिति छनोट गर्दा एक लौटि ढंगबाट समिति बनाउने र दिगो विकास हुने कार्य कहि कतै नदेखिएको उनको भनाइ रहेको छ।
बहु भाषिक , बहु संस्कृतिक , बहु धार्मिक , बहु जातिक भएको नेपालमा मौलिक परम्परा जोगाउनु आजको कर्तव्य रहेको इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङले बताए ।
उनका अनुसार प्रजातान्त्रिक र लोकतान्त्रिक अधिकार प्रयोग गरि भाषा संस्कृति जाती धर्म संरक्षण गर्दै आएका छौ।
लोकतान्त्रिक , प्रजातान्त्रिक व्यवस्थालेमात्रै हाम्रो मौलिक संस्कृति बचाउने गरेको उनको भनाइ रहेको छ।
डोने कार्यक्रमको लागि आगामी बर्षमा दस लाख माझीलाई दस लाख डोने जातिकोलागि बजेट विनियोजन गरिने छ। निर्वाचन कार्यकाल तीन बर्षको दौरानमा डौठे डाडा बाटो पिच हुदै गरेको छ । खानेपानी सुविधा सिंचाइ सुविधा बगरखेतीयोग्य जग्गा संरक्षणका लागि योजना तयार पारि रहेको अध्यक्ष तामाङले बताए ।
उनलेे भिमटारको बगरमा भिमटार बासिहरुले भोकचलन गरि आएको अयिलानि जग्गाको पालिकाले लाल पुर्जाको व्यवस्था गरिदिने बताए ।
डोने पहिचान कार्यक्रममा प्रमुख अतिथिको रुपमा वंशलाल तामाङ , वडा अध्यक्ष कमल रत्न दनुवार , नेपाल डोने समाजका केन्द्रीय सदस्य राजन डोने , नेपाल डोने समाज संघका महासचिव सरस्वती डोने , नेपाल डोने समाज सिन्धुपाल्चोक समिति अध्यक्ष हरि डोने , भिमेश्वरि माविका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठ , नवराज दनुवार , नेकपा वडा कमिटी इन्चार्ज रामहरि दनुवार , राष्ट्रिय गायक विनोद दनुवार लगायत सरोकारवालाहरुको बाक्लो उपस्थित सँगसँगै डोने जातिको बाक्लो उपस्थित रहेको थियो ।