घले ल्होसार साँस्कृतिक कार्यक्रमको साथ मनाए

निर्मल बस्नेत÷चौतारा
लि.ल फङ घले समाज सिन्धुपाल्चोकले मुसा वर्षको अन्त्य र गाई बर्षको सुरु भएको बखत चौतारामा विभिध साँस्कृतिक कार्यक्रमका विच मनाएका छन् ।
माघी पर्व र घले जातीको विशेष दिनको अवसर पारेर घले समाजले पूर्वसांसद सुवास कार्मचार्यको प्रमुख आतिथ्यतामा घले समुदायको बसोवास रहेको हुन्द्रुङमा यस वर्षको ल्होसार मनाएका हुन् । ल्होसार तथा साँस्कृतिक कार्यक्रम मैनबत्ति प्रज्वलन गरि पूर्वसांसद तथा कार्यक्रमका बिशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा अन्य अतिथीहरुले घले जातीहरुलाई अल्पसंख्यकवाट हटाई आदीवासी तथा जनजातीमा सुचिकृत गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समजको आजीवन तथा साधरण सखस्यहरुलाई खादाद्धारा सम्मान समेत गरिएको थियो ।
उक्त साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले लोक गीत तथा नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए । साथमा घले समाजले उपस्थित सम्पूर्णलाई माछा, तरुल, गहत र अन्य परिकारहरु सामूहिकरु खुवाई माघीसमेत मनाएका हन् । लि.ल फङ सिन्धुपाल्चाेकका अध्यछ्य रामबहादुर घलेकाे सभापतित्व र भिम बहादुर घलेकाे उद्घाेषणमा सम्पन्न भएकाे हाे ।