चौसागढी नगरपालिकाको अपाङ्गता परिचयपत्र वितरण अन्तिम चरणमा

दिनेश दुलाल
पौष २६, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगरभित्र रहेका अपाङ्गता भएकाहरुको अध्यावधि गरेको छ । वितरण अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । अपाङ्गता परिचयपत्र लिन छुटेका तथा नविकरण गराउन नगरले यसअघि १४ वटै वडामा पुगेर परिचय वितरण गरेको थियो । त्यसपछि पनि छुटेकाको नगरमै बोलाएर वितरण गरिएको नगरपालिकाकी उपमेयर जानुका पराजुलीले सिन्धुज्वालालाई जानकारी दिईन ।

‘हामीले अधिकांशको १४ वटै वडामा नविकरण गरिसकेका छौं, छिटपुटको मात्रै नगरमा बोलाएका हौं’, उपमेयर पराजुलीले भनिन् । नगरभित्र अपाङ्गता भएकाहरुको अवस्थाको वास्तविक पहिचान गर्न पनि उक्त अभियान थालिएको उपमेयर पराजुलीको भनाई छ । अपाङ्गता भएका संख्याको आधारमा राज्यद्वारा प्रदान गरिने भत्ता तथा अन्य सेवाहरु दिन सहज हुने उनको तर्क छ ।

नगरपालिकाको प्राङ्ग्र््रणमा आज भएको अपाङ्गता परिचय पत्र ५० जना भन्दा माथिको नविकरण गरिएको महिला तथा बालबालिका शाखाका अधिकृत दुर्गाप्रासद ढुङ्गेलले जानकारी दिए । उनका अनुसार हालसम्म ‘ख’ २ सय १०, ‘क’ एकसय ५०, ‘ग’ को एकसय ३५ र ‘घ’को एकसय जनाको बनको छ । नगरभित्र जम्मा अपाङ्गता परिचयपत्र लिने ९ सयको हाराहारीमा रहेपनि अझै छुट रहेको उनले बताए । परिचय पत्र नविकरणको लागि अपाङ्गता पहिचान गर्न डाक्टर समेत बोलाएको नगरले वडाको सिफारिस समेत सोही ठाउँमा मिलाएको थियो । अति अशक्तहरुलाई वडा कार्यालयहरुले गाडीको व्यवस्था समेत गरेर ल्याएका थिए । स्मरण रहोस अपाङ्गता मध्ये ‘क’ र ‘ख’ वर्गकालाई मात्र सरकारले आर्थिक सहायता गर्ने गरेको छ ।