१२ दिनमा ७७० सवारी साधन कारवाहीमा

पौष २३, चौतारा । प्रहरीले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई कारवाही गरेको छ । पछिल्लो समय ट्राफिक प्रहरीको सहायतामा जिल्ला प्रहरी कार्यायले नियम उल्लघंन गर्ने सवारी साधनमाथि निगरानी बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त चेकिङ प्रहरी टोलिले ७ सय बढी सवारी साधनलाई कारवाही गरेको छ ।
पुस ९ देखि २० सम्मको १२ दिनमा ७ सय ७० सवारी साधनलाई कारवाही गरी ७ लाख बढी राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकृत डिएसपी प्रकास सापकोटाले जानकारी दिए । प्रहरीले सवारी उल्लघंन गर्ने सवारी साधनबाट सात लाख सात हजार पाँच सय राजस्व संकलन गरेको हो ।