समाजसेवी रिमालद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रबिन दनुवार
पुस २४ , सुन्दरीपुर सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउपालिका वडा नम्बर ८ सुन्दरीपुर स्थित रहेको श्री सर्वसुधार आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
युुवा समाजसेवी शौरव रिमालले बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो।
भुकम्प पछिको समय देखिनै समाजसेवामा लागेका र यसरीनै अन्य धेरै बिद्यालयका बिद्यार्थीहरुलाइ आवश्यक सामग्री वितरण गर्दै आएको युवा समाजसेवी सौरव रिमालले बताए ।
उक्त बिद्यालयका विद्यार्थीहरुलाई ३९ वटा न्यानो कपडा लगायत विद्यार्थीहरुलाई आवश्यक सामग्री वितरण गरिएको रिमालले वताए ।
उनले फेरि पनि आवश्यक अनुसार सहयोग गरि रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
विद्यार्थीहरुलाई यति हद सम्म माया गरि व्यक्तिगत खर्चमा जाडोमा न्यानो कपडा लगायत विद्यार्थीहरुलाई आवश्यक सामग्री वितरण गरेकोमा सोही विद्यालयका प्रधानाध्यापक सोम नाथ डोटेलले युवा समाजसेवी रिमाललाई धन्यवाद सहित सम्मान पत्र समेत हस्तान्तरण गरे।