
गलत अफवा नफैलाउन काउन्सिलको अपिल

पौष २३, काठमाडौं (सिन्धुपाल्चोक) । प्रेसकाउन्सिल नेपालले मुलुकमा रहेका सञ्चारकर्मीलाई गलत अफवा नफैलाउन अपिल जारी गरेको छ ।
समयसामयिक राजनैतिक परिस्थिति एवं अहिलेले संवेदनशील घडीमा राजनैतिक दल नेताहरुबाट एक आपसमा लक्षित गर्दै कुनै बैठक तथा सभाहरुमा बोल्ने क्रममा प्रयोग भएको भनाई, भाषा र शब्दलाई ख्याल गरी तथ्यसत्य समाचार लेख्न काउन्सिलले आग्रह गरेको हो ।
काउन्सिलका उपप्रशासकीय अधिकृत सूचना अधिकारी रामशरण बोहोराले जारी गरेको अपिलमा भनिएको छ–‘ सञ्चारमाध्यमबाट पत्रकार आचरसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरित सामग्रीहरु प्रचारप्रसार भईरहेको देखिएकाले यस प्रति प्रेसकाउन्सिल नेपालको गम्भिर ध्यानकर्षण भएको छ ।’
‘सार्वजनिक शिष्टचार, सामाजिक सदभाव, व्यक्तिको आत्मसम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहाका क्रममा थप सभ्य, शिष्ट, मर्यादित जिम्मेवार भई सामग्री सम्प्रेषण गर्न आम सञ्चार माध्याम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक अपिल गर्दछ ।’