खाडीचौरमा ओली समुहको कार्यक्रम, अधिकांश समय नेतालाई गालीगलौजमै खर्च
पुष २३, खाडीचौर (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको ओली समुहले आज खाडिचौरमा कार्यक्रम सम्पन्न गरेको छ । अगुवा कार्यकर्ता भेला भनिएको उक्त कार्यक्रममा काम चलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि मन्त्री पोखरेल लगाएत नेताहरुले अधिकांश समय आफ्ना पूर्व नेताहरुलाई गाली गर्ननै समय खर्चेका थिए । मन्त्री पोखरेलले संसद विघठन गर्ने अवस्था प्रचण्डको कारण भएको आरोप लगाए भने जिल्लाका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटामाथि खनिएका थिए । कार्यक्रममा प्रदेश सांसद सरेश नेपालले अग्नि सापकोटाको आमुल परिवर्तानको लागि कुनै योगदान नदिएको टिप्पणी गरे । सापकोटा बैचारकि प्रतिश्पर्धाबाट पराजित भएर ठेट्ना मेट्ना जम्मा पारेर आन्दोलनमा लागेको आरोप लगाए । आफुहरु पञ्चायतका विरुद्व आन्दोलित हुँदा सापकोटा जागिरको स्वार्थमा लागेको समेत आरोप लगाए । ‘अराजकता र उश्रृंखल गर्न तपाईले उहाँले सिकाउनुभयो तर यो देशको परिवर्तनको लागि तपाईले के सिकाउनुभयो ?’ उनले प्रश्न गर्दै भने । सापकोटाकै कारण ओरेण्टिएल म्याग्नसाईड समेत सञ्चालन गर्न नपाएको बताएका नेपालले तातोपानी सम्मको रोड बनाउन सापकोटाले नचाहेको आरोप लगाए ।
त्यस्तै कार्यक्रममा कामचलाउ सरकारका खेलकुद मन्त्री दावा तामाङले समेत अधिकांश समय सभामुख अग्निप्रसाद सापकोटाको विरुद्वमा समय खर्च गरे । उनले अग्निसापकोटा लगाएतलाई आफ्नो पार्टीले दुम्जाबेसी सम्म पु¥याउने चेतावनी दिए । जिल्लाभरका करिब दुईसय सहभागी उक्त कार्यक्रममा युवा भेला भनिएपनि जिल्ला पार्टीको संयोजक र सहसंयोजक तोकिएको थियो ।