ओली प्रवृति र पौष ५ गतेको कालो दिन

बिबि रायमाझी ‘अशोक’

वर्तमान समाज विगतका कठोर संघर्षको परिणाम हो । आम श्रमिक जनताका आँशु, रगत पसिनाबाट, सहि राजनैतिक एवं विचारधारात्मक कार्यदिशाको आधारमा साहासिक योद्वाहरु वर्ग संघर्षमा होमिदा प्राप्त अनुभवबाट, वैज्ञानिक विचार, त्यसको जगमा बनेको संगठन, विधि, पद्वति र अनुशासनबाट, महान उद्देश्यप्रति समपर्ण रहँदै राष्ट्रिय, अन्र्तराष्ट्रिय विभिन्न वर्गसंघर्षहरुबाट वर्तमान समाज निर्माण भएको हुन्छ । समाज रुपान्तरणको निम्ति सहि र स्पष्ट दृष्टिकोण, ईमान्दारिता, कला, चार्तूयता, क्रियासिलता र सर्मपणको आवश्यकता पर्दछ अन्यथा गलत प्रवृतिको जन्म र विकास हुने खतरा सदा रहि रहन्छ । प्रवृति व्यक्तिमा मौलाउने गलत संस्कार र आचरण हो । यो सामाजिक नभई व्यक्तिमा सिमित हुन्छ । समाज सामुहिकताको पर्याय भएकोले सचेत वर्गकोे पहलमा बचाउन सकिन्छ तर गलत प्रवृति व्यक्तिमा सिमित हुने भएकोले अन्ततः यो आफैं समाप्त भएर जान्छ । जुन व्यक्ति गलत प्रवृतिको दम्भमा बाँचिएको छ । मानिसले विचार, राजनीति, संगठन पार्टी फेर्न सक्छ तर प्रवृति फेर्न निकै मुश्किल कष्टकर हुन्छ ।
भनिन्छ, नेचर, कल्चर, सिंगनेचर फेर्न गाह्रो हुन्छ । जब बिचारमा बिस्तार बिस्तार बिचलन सुरु हुन थाल्छ, जब आफ्नो वर्गप्रति अनस्था र घृणा पैदा हुन थाल्छ अनि वर्ग दुस्मन प्रति भक्तिभाव पैदा हुन थाल्छ, जब बिलास र आरमदायी जीवनको स्पर्श हुन थाल्छ । जब महान नेताहरुको जीवनीका पुस्तकहरु खाली र पुरना कागज बन्दै गल्लि गल्लिमा चाहरी रहेका मान्छेहरुलाई दिंदै घर सफा गर्न तर्फ लाग्छौ, जब महान सहिदहरुका आलो रगतलाई विर्सेर खसीको भुटनमा हामी रम्न थाल्छौं । त्यतिबेला हामीहरुमा गलत प्रवृतिले सजिलै बास पाउन थाल्छ । यो साँचो होकी गलत प्रवृति नै सम्बन्धित व्यक्तिको हत्या गर्ने शक्तिशाली आन्तरिक हतियार हो । नेपालका काम चलाउ प्रधानमन्त्री केपी ओलीले नेपाली जनता माथि जुन गतिविधि गर्दै आईरहेका छन्, केही अन्धभक्त बाहेक अधिकांश सचेत र देशभक्त जनता, कानुन व्यवसायी, शिक्षाविद र राजनीतिकर्मीहरुले विभिन्न माध्यामद्वारा सशक्त विरोध गर्दै आईरहेका छन् । अब ओलीको जीवनको विश्लेषण गरेर मात्र पुग्दैन, संश्लेषण गर्नु अपरिार्य बनिसकेको छ । उनले जनता र राष्ट्रमाथि जसरी गम्भिर र विश्वासघात गरेका छन् । त्यसलाई संस्लेषण गर्दा ‘ओली प्रवृति’ भनेर परिभाषित गर्नुपर्ने हुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा नेता मदन भण्डारीको २०५० साल जेष्ट ३ गते षड्यन्त्र हत्या हुँदा उनले हत्यारा मैले देखेको छु भने । उनकै नेतृत्वमा ओली आयोग बन्यो । आजसम्म आउँदा उनले वास्तविकता बाहिर ल्याउन सकेका छैनन् । उनकै अगुवाईमा राष्ट्रघाति माहाकाली सन्धि भयो । नेपालको पश्चिमबाट अरबौं वर्षन्छ भन्थे । देशलाई स्वाधिन र समृद्व बनाउन, नयाँ गणतन्त्र स्थपना गर्न नेकपा माओवादीको नेतृत्वमा आम जनता विद्रोहमा उत्रिए । उनले ति जनतालाई आतंककारी भने, अहिले पनि भनिरेका छन् । त्यसकै जगमा १९ दिने ऐतिहासिक जनआन्दोलन भयो । त्यसको पनि तिनले विरोध गर्दै बयलगाढामा चढेर अमेरिका जानु र नेपालमा गणतन्त्र आउनु एउटै हो भने । उल्टै राजाको पाउमा गएर लम्पसार परे । संविधान बन्यो तर उनको अन्तरहृदयले जनताको रगतले लेखिएको त्यो संविधानलाई स्विकारेनन् । बदलिएको राजनीतिक पृष्टिभूमिमा लेखिएको संविधानलाई नस्विकार्ने व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आशिन हुन पुगे यसको परिणाम स्वरुप उनले यतिबेला प्राप्त उपलब्धीधलाई लिपिवद्व गरिएको संविधानालई च्यातेर प्रतिगामी संविधान २०४७ साललाई व्युँताउन मरिमेटर षड्यन्त्रका सम्पूर्ण तानाबाना बुन्दैछन् । आफ्नै पार्टीबाट असहयोग भएपछि संसद विघठन गरेको भन्न उनलाई अलिकति पनि सरम लागेको छैन । अब प्रश्न उठ्छ के उनले आफुलाई पार्टीको एकनम्बरको अध्यक्ष भन्दै आएका होईनन् । पार्टीका अरु कमरेडहरुले के उनको मुखमा ताल्चा र हातमा हथकडी लगाईदिएका थिए । पार्टी छलफल गर्न थाल्यो की गाईजात्रा गर्ने मन छ ? पार्टी जनवादी केन्द्रीयताको अभ्यास गर्ने पवित्र स्थल की मन नपर्ने मान्छेको टाउकोमा निरंकुशताको डण्डा बजार्ने ठाउँ ? दलले भनेको नमान्ने कसरी संसदीय दलको नेता हुन्छ ? पार्टीले सरकार चलाउने की सरकारले पार्टी ? सरकार र पार्टीमा समस्या आउँदा एकनम्बरको अध्यक्षले पार्टीको बैठक बोलाउने की बैठक बोलाउन अर्को अध्यक्ष बनाउन उनललाई बिन्तिपत्र हाल्नुपर्ने हो । बैठक बोलाउँदा मरिकाटे नआउने अनि बैठक बस्न खोज्दा खबरदार !
बैठक बस्यो भने कडा एक्सन लिन्छु भन्ने ? आफुलाई फाईदा हुन्छ भने बैठक आउने नत्र आउँदै नआउने उल्टै धम्की दिने पार्टीको विधि, पद्वति र अनुशासन यहि हो ?
पार्टी एकता पछिको एकता पछिको विधानमा त्यस्तै उल्लेख छ ? पार्टीका कयौं कमरेडहरु विरोजगार भए कामको उचित बाँडफाँड गरौं भन्दा, पार्टी एकताका बाँकी कामहरु भन्दा, पार्टी सुदृढिकरण गरेर एकिकृत शक्तिशाली बनाऔं भन्दा उनलाई असहयोग हुन्छ भने के चाँही गर्दा सहयोग हुन्छ ? सरकारमा अनुशासन र पारदर्शिता कायम गरौं भन्दा, भ्रष्टचारको जरो उखेलेर भ्रष्टचारमूक्त मुलुक बनाऔं भन्दा जनताको जीवनस्तर उठाउने नीति र कार्यक्रम बनाउँऔं भन्दा असहयोग हुन्छ भने उनले कस्तो खालको सरकारको परिकल्पना गरेका हुन् ।
जनताको पसिना र सहिदहरुको रगतले लेखिएको संविधानलाई कसैसंग सोध्दै नसोधी किन च्यातियो ? के उनी स्वतन्त्रबाट चुनाव जितेर आएका हुन् ? यदि पार्टीबाट जितेर आएका हुन भने आफ्नो पार्टीभित्र छलफल गर्न पर्दैन ? के संसदबाट नयाँ सरकार बन्ने सम्भावना छँदै थिएन ? के उनले मनपरीले समाजवादमा पुग्न सकिन्छ ? के संसद उनको खल्तिमा रहेको भुटेको मोकै हो ? जतिखेर मनलाग्यो त्यतिखेर चपाउने ? के माननीय संसादहरु तपाईको डोकोले छोपेर राखेका कुखुराका चल्ला हुन् ? गोकुल बास्कोटा लगाएतका कमिशनखोरी किर्नाहरुलाई जोगाउने काम गर्नाले के उनको उचाई बढेको होला ?
देशभित्र तान्डवनृत्य नाचिरहेका भ्रष्टचारी गुण्डाहरुलाई कारबाही गर्न उनले के चाँही कदम चालेका छन् ? भ्रष्टचारीहरुलाई कारबाहीकोे दायरामा ल्याउनुको साटो होईन होेईन उहाँले भ्रष्टचार गरेको छैन् भनेर उनले चोख्याउनुको कारण के हो ?
काहाँ पुग्यो चुनावी घोषणापत्र ? काहाँ पुग्यो घरघरमा ग्याँसपाईप ? काहाँ पुग्यो रेल र पानीजहाज ? जनताले गाँस, बाँस, स्वास्थ्य सुरक्षा मागेका हुन् की चुनाव ?
मुक्ति, स्वतन्त्रता र न्याँय जनताका लागि की ओलीका लागि ? के जनताले चुनाव चाहियो भने उनको दरबार घेर्न आएका थिए ? चुनाव कस्का लागि जनताको लागि की ओलीको लागि ? मेरो ईसारामा हावा चल्नु पर्छ, पानी बग्नु पर्छ, देश चल्नुपर्छ, संविधान अन्सार चल्ने होईन ?, मेरो अनुकुल संविधान चल्नुपर्छ भन्ने उनमा जुन दम्भ छ । त्यो नै ओली प्रवृति हो । यहि सोचको आधारमा पौष ५ गते उनले जुन कदम चाले यसबाट प्राना सामन्तहरु, दरबारियाहरु नोकरशाही बर्गहरु, दलालहरु, भ्रष्टचारीहरु प्रतिगामिका मतियारहरु तथा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु हौसिएका छन् । सम्पूर्ण वामपन्थी, परिवर्तनकारी एवं देशभक्त नेपालीहरुको मन निराशामा बदलिएको छ । स्वाभिमानी नेपालीहरुको ईज्जत र प्रतिष्ठामा गम्भिर धक्का पुगेको छ । क्षणिक रुपमा सत्य, न्याय र अग्रगमनले हारेको र अपराध, षड्यन्त्र र प्रतिगमनले जितेको छ । जनताको ईमानले हारेको र वेईमानले जितेको छ । न्यायप्रेमी र परिवर्तनकारी जनता माथि गम्भिर विश्वासघात गर्दै उनीहरु निर्जिव भोटको भ¥याङ बनाईरहेको छ । काला कर्तुकले मुख पोतिएका जनता र मुलुकका दुष्टहरुको आत्मविश्वास जोगाईदिएको छ । कानुनी राज्य र सुशासनको धज्जी उडाईदिएको छ । राष्ट्रियता, जनजिविका र जनतन्त्रका मुद्दाहरुलाई रद्दिको टोकरीमा फालेर निरंकुशता र तानशाही लादिएको छ । त्यसैले आदणीय न्याप्रेमी जनसमुदायहरु कानुनी राज्य र सुशासन राज्यको पुर्नबहाली गर्न जनयुद्व, १९ दिने ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त राजनैतिक उपलब्धीहरुको रक्षा गर्न पुराना प्रतिगमनकारी र प्रतिक्रियावादी शक्तिहरुलाई माटोमा मिलाउन, राष्ट्रियताको संरक्षण गर्न सम्पूर्ण शक्तिहरु एकजुट हौं । जनताका अधिकार प्राप्तिका निम्ति बाँचेर नमरौं मरेर बाँचौं । हामी कहाँ रहुँला ? देशनै नरहे ।