९० प्रतिशत सहभागी सिन्धु नेकपाको बैठक सम्पन्न, ११ सय ८३ संघर्ष समितिको घोषणा(फोटो फिचर सहित)

दिनेश दुलाल
पौष २०, चौतारा (सिन्धुपाल्चोक) । आन्दोलनमा होमिएको नेपाल कम्युष्टि पार्टी (नेकपा) सिन्धुपाल्चोकको तेस्रो पूर्ण वैठक हिजो सम्पन्न भएको छ ।
पार्टीका बागमति प्रदेश कमिटका सहईन्चार्ज हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त बैठक चौतारामा सम्पन्न हो । पार्टीको तेस्रो पूर्ण वैठकलाई सम्वोधन गर्दै बागमति प्रदेश कमिटिका सहईन्चार्ज तामाङले प्रधानमन्त्री ओलीले पार्टीको प्रत्येक निर्णयलाई लत्याउँदै स्वच्छेचारी एकल निर्णय गरेका कारण पार्टी फुटको अवस्था आएको बताए ।

यसअघि नेकपालाई दुईतिहाई मत दिन जनताले ओलीको मुख हेरेर नभई कम्युनिष्ट आन्दोलनमा लागेका नेता कार्यकर्ताको त्यागर समर्पणका कारण आएको बताउँदै नेता तामाङले भने, दुईतिहाई ल्याउन ओलीको मुख हेरर जनातले मत दिएका होईन, अरु नेता कार्यकर्ताको ठूलो लगानीका कारण हो ।’ संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान घोषणा गर्न समेत ओलीको कुनै भूमिका नभएको उनले जिकिर गरे । कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटाले देशभरको अवस्था हेर्दा पार्टी फुटेको नभई ओली गुट पार्टीबाट चोईटिएको टिप्पणी गरे । पार्टी चोईटिदा समेत कम्युनिष्ट आन्दोलन र सर्वहारा वर्गलाई भने केही धक्का लागेको पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला ईन्चार्ज सापकोटाको स्विकारोक्ती थियो । वैठकमा अर्का केन्द्रीय सदस्य शेरबहादुर तामाङले वैठकमा सहभागी कार्यकर्तालाई पार्टीकोे मूख्य उद्देश्य विचार राजनीति र कार्यदिशा भएकोले चुनाव चिन्ह् कस्को हुन्छ भनेर नअल्मिन आग्रह गरे ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य सोम सापकोटाले सिन्धुपाल्चोकको पार्टी एकता जोगाउन आफुहरु ओली गुठमा नगएको बताए । ‘केन्द्रीय सदस्य देखि धेरै अवसर पाईने आश्वन आएको थियो तर पद ठूलो कुरा होईन सिन्धुपाल्चोकमा कम्युनिष्ट एकतावद्व हुनपर्छ,’सापकोटाले भने । अब सिन्धुपाल्चोकमा नेकपामा कुनै गुठ बाँकी नरहने समेत उनले ठोकुवा गरे ।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु माधव सापकोटा, युवराज दुलाल लगाएत नेताहरुको सहभागी रहेका थिए । बैठकमा १२ पालिकाबाट त्याहाँका प्रतिनिधिहरूले रिपोर्टिङ राखेका थिए । त्यसक्रममा उनीहरूले अाफ्नाे पालिकामा अाेली गुटकाे कुनै प्रभाव नरेहकाे जिल्ला पार्टीमा रिपोर्ट प्रस्तुत गरेका थिए ।
यसैबीच जिल्ला पार्टीको वैठकमा सम्पूर्ण संख्याको ९० प्रतिशत सहभागी भएको सो पार्टीले जनाएको छ । १ सय ४५ जिल्ला कमिटि सदस्य रहेको पार्टीको हिजोको वैठकमा एकसय ६ जना सहभागी भएको जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिए । उनका अनुसार वैठकमा २१ जना सदस्यले भने फोनमार्फत जिल्ला अध्यक्षलाई विभिन्न समस्याका कारण वैठकमा आउन नसकेपनि समर्थन जनाएका थिए । सिन्धुपाल्चोकमा १७ जना मात्रै ओली पक्ष देखिएपनि खुलेर लाग्ने थोरै थोरै संख्या रहेको र केहीलाई मात्र कारवाही गरिएको सो पार्टीले जनाएको छ । वैठकले ओली गुठमा मन्त्री बन्न पुगेका दावा तामाङलाई जिल्ला सचिवबाट बख्रास्त गरी गोविन्द पराजुलीलाई मनोनयन गर्न पार्टी केन्द्रमा सिफारिस गरेको छ ।

यसैगरी सिन्धु नेकपाले पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्लामा चरणवद्व आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रले पुष २० गते देखि माघ २३ गते सम्म गरिने दोस्रो चरणको आन्दोलन घोषणा गरेसंगै जिल्ला पार्टीले जिल्ला अध्यक्ष झम्क नेपालको नेतृत्वमा १ हजार एकसय ८३ सदस्यीय सघर्ष समिति बनाउने निर्णय गरेको छ । केन्द्रीय समितिद्वारा घोषित आन्दोलनका कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको विशिष्टता मौलिकतामा केही कार्यक्रमहरु थप गरी आन्दोलनलाई व्यवस्थित र प्रभावकारी ढंगले कार्यान्वयन गर्न संघर्ष समिति निर्माण गरिएको जिल्ला अध्यक्ष नेपालले जानकारी दिए ।

पालिका स्तरीय कार्यक्रममा केन्द्रित रहेको सिन्धु नेकपाले पालिका स्तरीय वैठक देखि वडा कमिटि वैठक भेला पौष २५ गते सम्म सक्ने लक्ष्य लिएको छ । वडा स्तरसम्म संघर्ष समिति बनाएर आन्दोलनमा होमिएको सिन्धु नेकपाले विघठित प्रतिनिधिसभाको पुर्नस्थापना नभएसम्म केन्द्रको कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । नेपाली जनताले प्राप्त गरेको उपलब्धीलाई प्रधानमन्त्री ओलीले असोज ५ गते क्षतविक्षत बनाएको भन्दै जिल्ला कमिटिको वैठकले खेद प्रस्ताव समेत पारित गरेको छ ।
वैठकका यस्ता छन् निर्णय