ओली पकड भनिएको जुगलमै प्रचण्ड–नेपाल पक्षधर नेकपाको बाहुल्यता
निर्मल बस्नेत
पौष २०, ढाँडे (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा( जुगल गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जुगल गाउँपालिका कार्यालय स्थान रहेको ढाँडेमा आज सयौंको संख्यामा अगुवा कार्यकर्ता भेला गरी प्रशिक्षण दिईएको सो पार्टीले जनाएको छ । उक्त प्रशिक्षणमा पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज युवा नेता माधव सापकोटा सुवोधको प्रमुख आतिथ्यतामा सम्पन भएको हो ।
जुगलका अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य सापकोटाले जुगल गाउँपालिका कम्युनिष्टको आधार ईलाका रहेको दावी गरे । ‘केपी ओलीले किपर नभएको पोष्टमा गोल हानेर स्कोर बढाउन खोजेका हुन्’, सापकोटाले भने । नेपालको संविधानभन्दा माथि कोही नहुने जिकिर गर्दै नेता सापकोटाले ओलीको जनताले लडेर ल्याएको संविधानलाई नै कुल्चेको आरोप लगाए । कार्यक्रमका विशेष अतिथि बाग्मती प्रदेश कमिटीको सचिवालय सदस्य सुवास कार्मचार्यले तमाम कार्यकर्ताले दुःख कष्ठकासाथ बनाएको पार्टीलाई कुनै अमुक व्यक्तिले नबनाएको जिकिर गरे । ‘केपी ओलीले लटरम्म फलेको रुखको फेद नै काट्ने काम गरे र हाम्रो सपनामाथि बुठ बजारे, उखान टुक्काले मानिष हँसाएर दुनियालाई गाईजात्रा देखाएको औल्याए’, उनले भने । त्यस्तै अर्का बिशेष अतिथि एवं नेकपाको जिल्ःला अध्यक्ष झम्क नेपालले केपी ओलीको असंवैधानीक, अव्यवहारीक कदमको विरुद्ध पार्टी जिल्ला कमिटीले निर्णय गरेको संघर्षका कार्यक्रममा एकजुट भई लाग्न निर्देशन दिए ।
कार्यक्रममा सरल सहयात्री पौडेलले केपी आली भस्मासुर र रामबहादुर थापा बादल लिनप्याओ भएको टिप्पणी गरे । केपी सरकारले एमसीसी पास गराउन भारतको सेना तैनाथ गरि चीनमाथी आर्कमण गर्न नेपाललाई क्रिडास्थल बनाउने योजनामा रहेकोप्रति घोर आपति जनाए ।
पार्टीको कार्यक्रममा स्थानीय सरकारको तर्फवाट ७ नम्वर वडा अध्यक्ष दिलकुमार लामाले पालिकामा आफूअहहरु नै बहुमतमा रहेको दावी गरे । उनले जुगलका जनप्रतिनिधि ओलीको असंवंधानीक कदमको विरुद्ध लाग्दै फेरीपनि पार्टी गरेको निर्देशनलाई मानी सधै जनताको साथमा हुने कुरामा आम तेता तथा कार्यकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेका थिए ।
कार्यक्रममा नेता चन्द्र सापकोटा र नेतृ अमृता नेपालले पनि प्रशिक्षण मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपाका जिल्लास्तरका नेता जवसका नेता तथा आम जुगलका कार्यक्रर्ताहरुको उल्लेख्य सहभागितामा पालिका कमिटीका सह–इन्चार्ज जरा लामाको सभापतित्व र अध्यक्ष पदमबहादुर श्रेष्ठको उदघोषणमा भव्य रुपमा सम्पन भएको थियो । प्रम ओलीले संसद विगठनको सिफारिस गरेपछि साविकको नेकपा २ खेमामा विभाजन भएको अवस्थामा प्रचण्ड–माधव समूहले देशव्यापीरुपमा संघर्षका कार्यक्रम राखेसंगै जुगलमा सो स्तरको कार्यक्रम भएको हो । पार्टी संगठन पालिकामा एकढिक्का रहेको वडागत रिपोर्ट पेश गर्दै ७ वटै वडाको तर्फवाट एकमत रहेको कुरा उल्लेख गरिएको थियो ।
स्मरण रहोस पालिका अध्यक्ष होमनारायण श्रेष्ठ रहेको जुगलमा उनी प्रम ओली समुहको कन्द्रीय सदस्य भएसंगै सो पालिकालाई ओलीको प्रभाव क्षेत्र हुने आंकलन गरिएको थियो । तर सोमबारको बाक्लो उपस्थितिले जुगलमा समेत प्रचण्ड–नेपालकै बाहुल्यता रहेको कार्यक्रममा सहभागी एक कार्यकर्ताले सिन्धुज्वालालाई बताए । नेकपा सिन्धुपाल्चोकले जनाएअनुसार पालिका स्तरीय कार्यक्रम थालेसंगै जुगल भेला पहिलो चरणको अन्तिम कार्यक्रम सम्पन्न गर्ने पालिका भएको छ । ११ वटाको भने पार्टीले यस अघिनै सकिसकेको जनाएको छ ।