नेपाल र चीन बीचको तातोपानी नाका पूर्ण रुपले खुलाउन व्यवसायीहरूको माग

नेपाल र चीन बीचको तातोपानी नाका पूर्ण रुपले खुलाउन व्यवसायीहरूको माग

पुष ११, तातोपानी

नेपाल र चीन बीचको तातोपानी नाका पूर्ण रुपले खुलाउन व्यवसायीले माग राखेका छन् । नाका पूर्ण रुपले नखुल्दा व्यवसायी मारमा परेको भन्दै सडकमा आन्दोलन गरेर खुलाउन माग गरिएको हो ।
हजारौ कन्टेनर अलपत्र, सडकमा उत्रिए मजदुर भूकम्पदेखि अस्तव्यस्त रहेको तातोपानी नाका पूर्ण रुपमा संञ्चालनमा ल्याउन स्थानीय मजदुर, व्यवसायी, कन्टेनर चालकलगायत सडकमा उत्रेका हुन् ।
अहिले नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेड, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र भोटेकाशी क्षेत्रका हजारौले नाका पूर्ण रुपमा खुलाउन माग गर्दै तातोपानीदेखि लिपिङसम्म ¥याली गरे ।

भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलकाअनुसार ताल फुट्ने र कोभिडको अनेक कारण देखाएर सरकारको गैरजिम्मेवारीकै कारण चीन पक्षले एकतर्फि आयातको रुपमा मात्रै खुलायो । ‘त्यसपछि नाका कहिल्यै सन्तुलनमा आएन्, कोभिड क्षेत्रबीच तातोपानीलाई सुरक्षित अवस्थामा ल्याउन खुब दौडियौ, नाका सहज हुने वातावरण बनेन् ।’ पौडेलले भने ।
‘उल्टै केन्द्रियस्तरका नेता र प्रहरीबाट कडा सोधपुछ भयो, कह“ाबाट आदेश लिएको भनेर थर्काइयो, सीमाक्षेत्र र व्यवसायीको दुर्गतिप्रति कसैलाई चासो छैन् , यो कस्तो प्रकारको सरकार हो ?,’नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटा गुनासो पोखे ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले पहिले दिनहु ५० कन्टेनर भित्रिनेमा आहिले मुस्किलले पा“च वटा मात्रै सामाग्री लिएर कन्टेनर आउने गरेको बताए । ‘अघिल्लो आर्थिक ०७६÷०७७ मा एक अर्ब ५९ करोड र यो आर्थिक वर्षमा १७ करोड ४८ लाख मात्रै राजस्व बटुलिएको छ , नाका क्रमश खुम्चिएको छ,’उनले भने ।