बागमती प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा (राजिनामा पत्रसहित)

पुष ११, काठमाडौं । मूख्यमन्त्री डोरमणी पौडेलको नेतृत्वमा बनेको बागमति प्रदेश मन्त्रालयमा रहेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । पौडेलको नेतृत्वमा बनको मन्त्रालयमा रहेर काम गर्न नसएिको भन्दै उनीहरुले १० गते राजीनामा दिएका हुन् । जसमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले शुक्रबार सामुहिक राजीनामा दिएका हुन् । डोरमणी पौडेलको नेतृत्वमा बनेको सरकार यतिबेला प्रदेशको जनताको भावना अनुरुप योजनाबद्ध रुपमा विकास निर्माण, जनसेवा र सुशासन कायम गर्दै प्रदेश सरकारको महत्वलाई स्थापीत गर्न नसकेको भन्दै त्याहाँ बस्न नसक्ने बताएका छन् । उनीहरुले मूख्यमन्त्री दिशाविहिन, निर्णयविहिन रहेको, प्रदेश सरकारमा संलग्न मन्त्रीपरिषद्का सदस्यको सल्लाह सुझाव, पार्टीको संसदीय दलको सल्लाह सुझावलाई विल्कुलै वेवास्था गर्दै अगाडि बढेको आरोप लगाएका छन् । राजीनामा पत्रमा भनिएको छ– ‘मूख्यमन्त्रीकै कारण जनताप्रति सरकार जवाफदेहीविहिन बन्दै जान लागेको कारण यहि नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष सहित आजैका मितिबाट लागु हुने गरी राजीनामा दिएका छौं ।’
उनीहरुले सगौरव देश र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत जारी गरेका छन् ।
यसैबीच राजीनामा लगत्तै ४८ सांसदहरुको हस्तारक्षर सहितको अविश्वासको प्रस्ताव समेत दर्ता गरिएको छ । मूख्यमन्त्री पौडेललाई अविश्वासको प्रस्ताव गरेसंगै अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मूख्यमन्त्री प्रस्ताव गरिएको सो पार्टीले जनाएको छ ।