गणतन्त्र र संविधाननै धरापमा पार्ने भयंकर खेल, सिंहदरबारमा बस्यो नेकपा सांसदहरुको भेला, ओलीको कदमको भत्सर्ना

पुष ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघन नै गरिदिएपछि मुलुकमा प्राप्त भएको गणतन्त्र र संविधान धरापमा परेको अनुमान गरिएको छ । प्रम आलीले आज बिहान ९ बजे संसद विघन गर्ने घोषणा गरेका थिए । ओलीको कदमको विरुद्व चौतर्फी आक्रोस पोखिन थालेको छ । कतिपय राजनीतिक विश्लेषकहरुले ओलीको कदमलाई गणतान्त्रिक संविधान माथिको ‘कु’ को संज्ञा दिएका छन् ।

यसैबीच अहिले सिंहदरबारस्थित संघीय संसद् सचिवालमा नेकपाका सांसदहरु भेला भएका छन् । सांसदहरुले संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गरेका छन् । बिहान विभिन्न संसदीय समितिको बैठकका लागि सिंहदरबार पुगेका उनीहरुले प्रधानमन्त्रीको अप्रत्याशीत निर्णयको खबर बाहिरिएछि सो निर्णयको भत्सर्ना गरेका हुन् ।
प्रधानमन्त्री ओलीले संसद विगठन गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेपछि संसदीय समितिको बैठक पनि स्थगित भएको छ । खेलकुद क्षेत्रका विभिन्न विषयबारे छलफलका लागि बोलाइएको प्रतिनिधिसभा अनर्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सो निर्णयपछि तरङ्गित भएका नेकपा सांसदहरु विभिन्न समूहमा छलफल गरिरहेका छन् । संसद विघटनको विषयदाई लिएर अदालत जाने तयारी भईरहेको स्रोतले बताएको छ । नेकपाका पार्टी अध्यक्ष प्रचण्ड लगाएत नेताहरुको विशेष वैठक बसीरहेको पार्टी स्रोतले बताएको छ ।