सिपाखोला पक्की पुलको मन्त्री दुलालद्वारा शिल्यान्यास

पौष ३, कुन्चोक (सिन्धुपाल्चोक) । इन्द्रावती गाउँपालिकाको वडा नं ८ सिपाअर्चले र वडा नं ३ बुढीचौर जोड्ने सिपाखोला पक्की पुलको बिहिबार सिलान्यास भएको छ । बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमूख आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध) र इन्द्रावती गाउँपालिकाको अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिब बंशलाल तामाङ विशेष आतिथ्यतामा पुलको सिलान्यास गरिएको हो । प्रमूख अथिती र बिशेष अतिथीले स्वस्तिवाचनका विच बिधीपुर्वक पुजापाठ सहित पुलको जगमा कंक्रिट हालेर सिलान्यास गरिएको थियो । त्यस्तैे एक औपचारिक कार्यक्रमको विचमा आयोजना सूचना पाटीको अनावरण गरेर कार्यशुभारम्भ गएिको थियो ।

बागमति प्रदेशका सामाजिक विकास मन्त्रीको पहलमा बागमति प्रदेश सरकार मार्फत विनियोजित बजेटबाट पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन भएको सो पुलको लागत कुल ३ करोड ६ लाख ५९ हजार ७ सय दश रुपैया साठी पैसा रहेको छ । निर्माण कम्पनी श्री शान्तिदेवी–मालिकादेवी जेभि सिन्धुपाल्चोकसंग कुल २ करोड ५३ लाख ६९ हजार ८ सय उनान्नब्बे रुपैया त्रियानब्बे पैसामा ठेक्का सम्झौता भएको हो । आरसिसि टि गर्डर डिजाइनको १८ मीटर लम्बाई र ८.४ मीटर चौडाई रहेको उक्त पक्की पुलको निर्माण अवधि २०७८ असार ९ गते सम्म रहेता पनि बर्षादमा खोलामा काम गर्न नसकिने भएकाले आगामी २०७८ बैशाख सम्ममा मुख्य निर्माण कार्य सक्ने योजना रहेको कुरा पुर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन भण्डारीले बताए ।

साविक सिपापोखरे, भीमटार, भोटसिपा र कुन्चोक गाविसको साझा योजनाको रुपमा सो स्थानमा पक्की पुल निर्माणको लागि २०६९ साल देखी प्रयास गरिएता पनि विभिन्न कारणले स्वीकृत गर्न सकिएको थिएन । २०७४ सालको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको क्रममा नेकपाका उमेदवारहरुको तर्फबाट विकास बाकसको अबधारणा अनुरुप मतदाता समक्ष प्रतिवद्धता जनाए अनुसार निर्वाचनमा जित पश्चात पहिलो प्राथमिकताका साथ सो वजेट विनियोजन गरिएको कुरा प्रमूख अतिथि सामाजिक विकास मन्त्री यवराज दुलालले बताए । विकास गर्ने जिम्मा सरकारको भएको र हरेक विकास निर्मााणमा समन्वय र सहकार्य गर्ने दायित्व जनप्रतिनिधीको रहने भएकालेले एकापसमा भ्रमको सिर्जना नगरी उच्च मनोवलका साथ विकासमा जुट्नुपर्ने कुरा प्रमूख अतिथीले बताए ।

इन्द्रावती गाउपाालिकामा कुल २६२ किमी सडक रहेको र सो सडकहरुलाई मापदण्ड बमोजिम स्तर उन्नती सहित आबश्यक अन्य पुलहरु पनि बनाउनु पर्ने र सो कार्यको लागि प्रदेश र संघीय सरकारसंग सहकार्यको लागि आफु तयार रहेको कुरा बिशेष अतिथी तथा इन्द्रावती गाउपाँलिका अध्यक्ष बंशलाल तामाङले बताए ।

यस पुलको निर्माणले बाह्रै महिना मोटर चल्न सहयोग पुग्नुका साथै काठमाण्डौको साँखु हुदै कातिके सिपाघाट ज्याामिरे माने कुन्चोक चौताराको करीव ४० किमी दुरीको नयाँ र छोटो दुरीको सडक सन्जाल निर्माणमा यो पुलले महत्वपुर्ण भुमिका खेल्ने कुरा नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले बताए । पुलनिर्माण संगै यस क्षेत्रको कृषि तथा गैर कृषि जन्य उत्पादनमा जोड दिन सकिएमा यसको सजिलै बजारीकरण गर्न सकिने र स्थानीय जनताको आर्थिक स्तर उकास्न सकिने कुरा अध्यक्ष नेपालले सुझाए ।
पुल निर्माण कार्यमा आएको सामन्य विवाद समाधानमा आफुले पनि योगदान पुयाएको र आगामी दिनमा कुनै पनि विवाद नभएकोले पुल निर्माण कार्य समयमा नै सम्पन्न हुने कुरामा आफु विश्वस्त रहेको कुरा ईन्द्रावती ३ का वडाध्यक्ष देवप्रसाद बानियाले बताए ।
नेकपाका बागमपति प्रदेश समिति सदस्यहरु चन्द्रबहादुर थापा, चिरन आचार्य, सिन्धु काठमाण्डौ सम्पर्क मन्चका अध्यक्ष शिवहरी सापकोटा, इन्द्रावती गाउँपालिका वडानं २ का वडाध्यक्ष बीरबहादुर तामाङ (बिष्णृु) वडा नं ३ का वडाध्यक्ष देवप्रसाद बानिया, वडा नं ७ का वडाध्यक्ष बीरबहादुर तामाङ (मिलन), नेकपा ईन्द्रावतीका अध्यक्ष नुनबहादुर सापकोटा, नेका इन्द्रावतीका प्रतिनिधी रामकृष्ण राजभण्डारी, निर्माण व्यावासायी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, निर्माण कम्पनीका प्रतिनिधी टंक दुलाल लगाएत सयौ स्थानीयको उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता ईन्द्रावती गाउपालिका वडा न ८ का वडाध्यक्ष केदारनाथ आचार्यले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य इन्द्रावती ८ का वडा सदस्य बखानसिह तामाङले राखेका थिए भने कार्यक्रमको संचालन हर्क तामाङले गरेका थिए ।