चीन सरकारले बाह्रबिसे नगरपालिकालाई ट्रान्जिसिटी बनाउन चाहेको छ–सभामुख (फोटोफिचर सहित)
दिनेश दुलाल
पुष ३, लार्चा (सिन्धुपाल्चोक) । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले चीन सरकारले जिल्लाको बाह्रबिसे नगरपालिकालाई ट्रान्जिसिटी बनाउन चाहेको बताएका छन् । जनवादी गणतन्त्र चीन सरकारद्वारा प्राप्त राहत सामग्री आज लार्चामा गरिएको हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख सापकोटाले उक्त खुलासा गरेका हुन् । ‘चिनले बाह्रबिसे नगरपालिकालाई एउटा ट्रान्जिसिटीको विकास गर्न सहमत भएको छ’, सभामुख सापकोटाले भने । नेपालको सिमानाबाट देशकै सबैभन्दा नजिकको नगरपाकिा बाह्रबिसे नगरपालिका भएकोले यहाँको बारेमा प्रस्ताव ल्याउन चीन सरकारले आग्रह गरिसकेको उनले बताए । ‘यदि त्यो योजना सफल पार्न सकेमा सिन्धुपाल्चोकको मात्रै नभई सिङ्गो राष्ट्रको लागि ट्रान्जिसिटी नमुना सिटीको रुपमा विकास हुन्छ’, सभामुख सापकोटाले भने । ट्रान्जिसिटीको प्रस्ताब तयार गर्न आफुले नगरपालिकालाई सुझाब दिई सकिएको उनले बताए । राहत सामाग्री वितरण पछिको कार्यक्रममा सम्बोधन गर्दै सभामुख सापकोटाले बाढी पहिरो पीडितका लागि चीन सरकारले प्रदान गरेको सहयोग सामन्य नभई निकै महत्व राख्ने बताए । चीनद्वारा प्रदान गरिएको राहत सामग्री गुणस्तरीय रहेकोले त्यसको राम्रोसंग सदुपयोग गर्ने पालिकाका प्रमुखहरुरलाई आग्रह गरे । ‘यसलाई तपाईहरुले परिक्षा सम्झेपनि हुन्छ, राम्रोसंग जाडोले छटपटाई रहेका अभावग्रस्त गरिब जनतालाई वितरण गरिदिनुहोस’, सापकोटाले उपस्थित जनप्रतिनिधिहरु प्रति लक्षित गर्दै भने ।
२०७१ सालको जुरे पहिरो देखि अहिले सम्म सिन्धुपाल्चोक भूकम्प बाढीपहिरो लगाएत आतंकमा गुर्जिरहेको स्मरण गराउँदै सभामुख सापकोटाले एकपछि अर्कोगरी निरन्तर घटना भईरहेको यस जिल्लालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेर ६ अर्ब छुट्याएको बताए । सिन्धुपाल्चोकमा मात्रै बारम्बार हुने विपत्तीका घटनाहरु भईरहनु यसको विशेष अध्यान गरेर व्यवस्थित बस्ती निर्माण गर्नुपर्ने उनले तर्क पेश गरे । चीनसंग जोडिएको सिन्धुपाल्चोकको नाका अन्य जिल्लाको जस्तो सामन्य नाका नभई विशेष प्रकृतिको ऐतिहासिक मार्ग रहेको बताउँदै सभामुख सापकोटाले भने, ‘सिन्धुपाल्चोक जिल्लाको लाईफलाईन मात्रै नभई यो देशको राष्ट्रिय बजेटमा समेत महत्वपूर्ण योगदान दिन सक्ने सामारी महत्व बोकेको नाका हो’, राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण जाँदा छिमेकी जिल्ला सिन्धुपाल्चोकमा शिक्षा, सवास्थ्य, रोजगारी लगाएत महत्वपूर्ण कुरामा समझदारी भएको समेत उनले खुलासा गरे ।
मुलुकमा कानुनका चित्र खोजेर अपराधीहरु उम्कने तथा दण्डहिनताको काम भईरहेको जनाउँदै सभामुख सापकोटाले स्तरीय कानुन बनाउनको लाािग नेपालको संघीय संसद राष्ट्रको जनप्रतिनिधि संस्था भएकोले त्यसलार्ई जिवन्त र जनमूखि बनाउन प्रण र संकल्प गरेको बताए । गुणस्तरयुक्त कानुन निर्माण गरेमात्र शुसान र समृद्विको ढोका खुल्ने उनले बताए । केही समय पछि विधेक अधिवेशन हुन लागेको जानकारी गराँदै सभामुख सापकोटाले विभिन्न विकल्प सहित तयारी भईरहेको समेत जानकारी दिए । विपद् व्यवस्थापन कार्यविधि अर्थमन्त्रालयबाट पारित भएर गृहमन्त्रालयमा आएको जानकारी गराउँदै सभामुख सापकोटाले बाढीपहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा छिट्टै कार्यान्वयन हुने विश्वास दिलाए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ ले जिल्लामा विपदमा परेका जनताहरुलाई हिउँदमा विर्सने र वर्षा याममा आतंकित हुने परिपाटीको अन्त्य हुनपर्ने भारणा राखे । नेकपा सिन्धुपाल्चोकले निर्माण गरेको विपद व्यवस्थापन समिति कार्यदलका संयोजक समेत रहेका सापकोटाले विपद व्यवस्थापन सम्बन्धि समग्र जिल्लाको अवस्थाको बारेमा बस्तु अवस्था अध्यायन गरेर योजनाको प्रारुप निर्माण गरिसकेको बताए ।
जिल्ला समन्वय समिति कृष्णगोपाल तामाङले सिन्धुपाल्चोकलाई सबैन्दा ठूलो चुनौति भनेको विपद पछि जनताको उचित व्यवस्थापन नै रहेको धारणा राखे । जिल्लामा अझै विपदका कारण ११ सय भन्दा बढी निजि आवास बनाउन पर्ने उनले बताए ।
कार्यक्रमा नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालले सिन्धुपाल्चोकको विपदको लागि सभामुख सापकोटा सारथी बनेर अहोरात्र खटिएको प्रति प्रशन्नता व्यक्त गरे । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले समेत आफ्नो धारणा राखेका थिए । जिल्ला व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले स्वागत मन्तव्य राखेका थिए । नेलम काउन्ट्रीको सिंगात्से नगरपालिकाद्वारा जिल्लाका चार गाउँपालिकालाई न्यानो कपडा, न्यानो टेन्ट तथा टर्चलाईट भन्सारमा प्राप्त भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुई नगरपालिका सहित चार स्थानीय तहमा वितरण गरिएको सामग्रीहरुमा ब्ल्याङकेट, लाईट र टेन्ट क्रमशः जुगलमा ८०, ८० र ७० थान, बाह्रबिसेमा ९५, ९५ र ८० थान, भोटेकोशीमा ७०, ७० र ५५ थान र चौतारा साँगाचोकगढी नगरपालिकामा ५५, ५५ र ३५ थान वितरण गरिएको हो ।
चारैवटा स्थानीय तहहरुलाई सामग्री हस्तान्तरण पछि सभामुख सापकोटा सहितको टोली नेपाल र चीनको वोर्डर लिपिङसम्म पुगेर अवलोकन गरेर फर्किएको थियो ।