सर्वहारा विश्व दृष्टिकोण र फलामे अनुशासन

बिबि रायमाझी ‘अशोक’
वर्ग अनुसार पार्टी फरक हुन्छ । उद्देश्य फरक फरक हुन्छन् । रणनीति र कार्यनीति, कार्यदिशा र कार्ययोजना पनि फरक–फरक हुन्छन् । त्यसैगरी पार्टी सञ्चालनको लागि विधि पद्वतिको साथै पार्टी सदस्यहरुको अनुशासन पनि फरक फरक हुन्छन् ।
पार्टीको विचार र अनुशासनको बीच गहिरो सम्बन्ध हुन्छ । यि दुईमा अन्तरविरोध सिर्जना भएमा पार्टीको अस्तित्व स्वतः समाप्त हुन्छ । त्यसैले पार्टीको समग्र
उद्देश्य पुरा गर्न तमाम सदस्यहरुले फलामे अनुशासनलाई गम्भिर रुपले आत्मसाथ गर्दै आफ्नो जीवन व्यवहारमा लागु गर्नुपर्छ । सर्वहारा विश्व दृष्टिकोण भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । ऐतिहासिक भौतिकवादनै द्वन्द्वात्मक भौतिकवादको प्रयोग हो । उदाहरणका लागि पेरिस क्रान्ति, रसियन क्रान्ति, चिनिया क्रान्ति, भियतनामी क्रान्ति, क्यूवाली क्रान्ति द्वन्द्वात्मक भौतिवादका प्रयोग हुन् तर बेलायती, अमेरिकी क्रान्ति, फ्रान्सेली क्रान्ति, ईटली क्रान्ति भारत स्वतन्त्रताको लागि गरिएको क्रान्ति नेपालमा राणा शासन विरुद्वको आन्दोलन, पञ्चायत विरुद्वको आन्दोलन द्वन्द्वात्मक भौतिकवादको प्रयोग होईनन । किनकी ति आन्दोलनहरु पुरानो राज्यसत्ता ध्वस्त पार्ने उद्देश्यद्वारा सञ्चालन गरिएका थिएनन् बरु पुरानै राज्य व्यवस्था यथावत राखेर नेतृत्व मात्र हेरफेर गर्ने आन्दोलन थिए । अथवा एउटा पूँजिपति वर्गको प्रतिनिधि हटाएर अर्को पूँजिपति वर्गको प्रतिनिधिलाई कुर्सिमा बसाल्ने आन्दोलन थियो । नयाँ सर्वहारा वर्गको राज्यमा वर्तमान शासन गर्दछ । पूँजि वुर्जुवा वर्गको सामाजिक शक्ति भएकाले संचित श्रमलाई श्रमिक वर्गको हितमा उपयोग गरेर पूँजिपति वर्गको आदिपत्य अन्त्य गरिन्छ । व्यक्तिगत उत्पादनका साधनहरुलाई सामाजिकरण गरेर सामुहिक उत्पादन व्यक्तिगत सम्पति अन्त्य गरिन्छ निर्जिव पूँजिले सीप क्षमताका प्रभावशाली व्यक्तित्वलाई नोकर बनाउने घृणित परिपाटीको अन्त्य गरेर संसारकै सम्मानित समातिको रुपमा संरक्षण गरिन्छ । यहाँ वर्गको रुपान्तरण होईन अन्त्य गरिन्छ । यहाँ सिंगो देश एउटा कारखाना र सम्पूर्ण जनता यस कारखानाका मजदुर हुन्छन् । श्रम गर्ने हरुको मात्र समाज हुन्छ । अल्छि, जुहाडे, भ्रष्टचारी, कमिशन खोरी लुटाहा ईतिहासका म्युजियाम हुनेछन् । धनीलाई चैन गरिबलाई ऐन, सत्यतालाई मौन बस्न बाध्य बनाउने पूँजि वर्गको अत्यगरी सामाजिक न्याएमा आधारित राज्यको सञ्चालन गरिन्छ । यहि विचार र राजनैतिक उद्देश्यको आधारमा कम्युनिष्ट पार्टीको निर्माण गरिएको हुन्छ । समाज विकासको विभिन्न चरणहरु पार गर्दै नेपाली यतिबेला पूँजीविकासको चरणमा प्रवेश गरेको छ । दुई भिन्न दृष्टिकोणहरुको बैचारिक संघर्ष घनिभूत हुने निश्चित छ । यहि पूँजिवादी राज्यसत्तालाई सुदृढ बनाउँदै जानेकी वर्गहरुको अन्त्य गर्दै वर्गविहिन समाज निर्माणको दिशामा अगाडि बढ्ने ? हामीहरु माक्र्सवादी शिद्वान्तलाई आफ्नो प्राण ठान्छौ । प्रत्येक नशा नशामा माक्सवादी सिद्वान्तको रक्तसञ्चार भईरहेको छ । माक्र्सवाद गतिहिन होईन गतिशिल विज्ञान हो । वर्गहरुको रुपान्तरण होईन वर्गहरुको अन्त्यको निम्ति वर्गसंघर्ष हो । हाम्रो स्पष्ट कार्यदिशा वर्तमान पूँजिवादी व्यवस्था पूर्ण जनवाद, समाजवाद र अन्तिममा साम्यवादी समाजको निर्माण हो ।
कसैले सोचेजस्तो यस्तो समाज शान्तीपूर्ण ढंगवाद स्थपना भएको ईतिहास छैन् । यो कठोर वर्गसंघर्षबाट मात्र सम्भव छ । कसैले खनिदिएको बाटो होईन, वर्गसंघर्ष होईन । विशाल चट्टाने पहाड फोरेर बाटो निर्माण गर्नुपर्छ । आफ्नो भन्ने चिज सबै निभाउनु पर्छ । छातीमा गोली थाप्न फाँसीको तक्तामा लड्कन तयार हुनुपर्छ । प्रत्येक पललाई जनक्रान्तिको युगमा बदल्ने आँट हुनुपर्छ । आफुलाई वर्गमा विलय साहस हुनपर्छ । वर्ग दुस्मनप्रति आक्रमक बन्नुपर्छ । विश्व र नेपाली कम्युनिष्ट आन्दोलनले हामीलाई यहि सिकाएका छन् । यसरीनै हामीले सर्वहारा दृष्टिकोण बुझेका छौं । सर्वहारा दृष्टिकोण र अनुशासनबीच घनिष्ट सम्बन्ध हुन्छ पूँजिवादी पार्टीमा अनुशासन अनौपचारिकतामा सिमित हुन्छ । यसलाई लोकतन्त्रको पातलो पर्दाले ढाकिन्छ । तर कम्युनिष्ट पार्टीको उत्थान वा पतन, क्रान्तिको विजय वा पराजय, व्यक्तिको जीवन वा मृत्युको लिईन्छ । अनुशासन जन्मेदेखिनै कसैले जनानेर वा सिकेर आएको हुँदैन । यो त सत्य र न्याएको आत्मसातीकरण पश्चात आत्मसंघर्ष, अन्तसंघर्ष र वर्गसंघर्षको महान प्रक्रियाद्वारा विकसित सचेत आचरण हो । यसर्थ वर्गीय अनुशासन विना वर्गीय मुक्ति असम्भव छ ।
असत्य, अन्याय, अत्यचार र असमानताको विरुद्वमा विगतमा निर्णायक युद्व लड्यौं । वर्तमानमा लडिरहेका छौं र भविश्यमा पनि लडिरहने छौं । जवसम्म वर्गको अन्त्य हुनेछैन् । तर अन्तिम विजय वर्ग प्रतिको स्पष्ट दृष्टिकोण फलामे अनुशासन बिना सम्भव हुनेछैन् ।
हामी यतिबेला सर्वहारा दृष्टिकोण र फलामे अनुशान बारे कति स्पष्ट छौं ? सर्वहारा दृष्टिकोण अनुुुसार हामीले आफ्नो जीवन शैलिलाई अनुशासनको साँचोमा ढाल्न सकेका छौं ? हाम्रो अनुशासनले जनयुद्व र जनआन्दोलनका शहिदहरुको सपना पुरा गर्ने हैसियत राख्न सक्ला ? जनतको जीवनशैलि र हाम्रो जीवनशैलि जनताको अनुशासन र हाम्रो अनुशासन बीचमा एकरुपता छ ? सरकार जानु अगाडिको हाम्रो जीवनशैलि र अनुशासन, अनि सरकार नेतृत्व समाले पछिको हाम्रो जीवन शैलि र अनुसासनमा कतै फेरबदल त आएको छैन ? यस्तै जीवनशैली र अनुशासनले समाजवादको आधार निर्माण गर्न सक्ला ? सर्वहारा दृष्टिकोण र अनुशासनको बेमेलले यस्ता गम्भिर प्रश्न उठेका छन् ।
कम्युनिष्ट पार्टीको नेतृत्वको यो सरकार पृथ्वी भरीको नयाँ अवसर हो । भावी दिनहरुमा यो अवसर आउला नआउला भन्न सकिन्न । यो बेलामा नेपाली जनताले नयाँ सुखद् अनूभूति गर्न पर्नेमा अहिले सम्म यो भन्दा दुख्द अनुभूति कहिल्यै गरेका थिएनन् होला सायद । झोले, हुक्के, स्टकोटे, पेटीकोटेहरुले सिंहदरबार भरिएका छन् । सार्वजनिक ठाउँहरुमा एउटा ईमामन्दार कार्यकर्ता धैर्य गरेर सुन्न सक्ने र प्रतिवाद गर्न सक्ने अवस्था छैन् । यो सरकारको अर्कमन्यता, दण्डहिनता, जिम्मेवारहिनता, अपारदर्शिता र अराजकताको कारणले सिंगो देश निराशामा जकडिएको छ । यसको मूल कारण भनेको सर्वहारी दृष्टिकोणको समस्या हो । दृष्टिकोणको समस्या भएपछि सर्वहारा आचरण र अनुशासनको कुरै भएन । भ्रष्टाचार, दुराचार, व्यविचार र कमिशन खोरीले देशमा शुशासनको सिमा नाघि सकेको छ । आरोपित भ्रष्टचारीहरुलाई छानविन कानुनको दायारामा ल्याएर कारबाही गरिने छ भन्नुको सट्टा हाम्रो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री फलानाले भ्रष्टचार गरेको छैन प्रोत्साहन र संरक्षण गर्ने तर्फ लाग्नु हुन्छ । वाईडबढी विमानकाण्ड, सुरक्षा छापाखाना खरिद काण्ड, यति होल्डिङ काण्ड, ओम्नी जस्ता काण्डहरुले सरकार यतिबेला गम्भिर आलोचित छ ।
एउटा ईमान्दार कार्यकर्ता, म कम्युष्टि पार्टीको सदस्य हुँ भन्ने लाज मान्नु पर्ने अवस्था छ । पार्टी र सरकारलाई संविधानको भावना र मर्म विपरित परम्परा संसदीय व्यवस्थामा ढाल्दै दलालीकरणको पथमा उन्मुख गराईदैछ । पार्टी विघठित अवस्थामा छ । पार्टीमा आठलाख सदस्यको सुगारटाई छ तर वैंधानिक रुपमा एकजनाले पनि सदस्य लिएको अवगत हुनेछैन् ।
सर्वहारावादी दृष्किोण अनुशासनलाई लाभको कुर्सिमा विलय गरिएको छ । पार्टी र सरकारमा धर्मपुत्र र धर्मपुत्रीहरुको बालवाला बढ्दै गईरहहेको छ । शक्तिशाली हेडक्वाटर बनाउनु पर्नेमा कयौं गुुठ उपगुठहरुको कारण पार्टीकेन्द्र भिन्न भिन्न अवस्थामा छ । साम्रज्यवादको असल नोकर व्यक्तिवाद प्रति सरकारमा हावी छ । व्यक्तिवाद, साम्रज्यवाद र सामन्तवादकोे बफदार सिपाई हो । पार्टीको सिद्वान्त, उद्देश्य, रणनीति, कार्यनीति र कार्यदिशा एउटै हुँदा पनि गुट उपगुट मौलाउनु भनेको माक्र्सवादी वैचारिक समस्या नै प्रमुख हो । सच्चा कम्युनिष्ट पार्टीको सदस्यले बरु प्राण दिन्छन् तर विचार दिंदैनन् । जोगाएर राख्छन् आफ्नो वर्गको मुक्तिको निम्ति ।
यस्तो संकटको घडिमा संकल्प सहित एकताको खाँचो छ । वैचारिक भावनात्मक एकता सहित अत्याधिक केन्द्रीकृत संगठनको खाँचो छ । आलोचना मात्रै होईन । आलोचित गर्न तयार हुने सारा पार्टी सदस्यहरुको विश्वास र भरोसाको शक्तिशाली पार्टी केन्द्रको खाँचो छ । अवसरवादी भुसहरुलाई निफन्दै केलाउँदै पार्टी सञ्चालन गर्न उद्दत भावनाले अभिप्रेरित सदस्यहरुको फलामे अनुशासनको खाँचो छ ।
(लेखकः नेकपाका पुराना ईमान्दार सिन्धुपाल्चोकका नेता हुन्)