मेलम्ची खानेपानी आयोजना बिरुद्ध स्थानीयद्वारा पुनः आन्दोलन

कउल । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकमभुक्तानीको मागगर्दै आएका स्थानीय सप्लायर्सले आयोजनाविरुद्धको आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनको दोश्रो दिन शुक्रबार उनीहरुले आयोजनाको मुहान स्थलमाधर्ना, नाराबाजी तथा कोणसभा गरेकाहुन् । रकम भुत्तानीको माग राख्दै पटक–पटक आन्दोलन गर्दै आएका उनीहरुको माग सुनुवाइ नभएको भन्दै अघिल्लो बिहिबारबाट आयोजना बिरुद्ध आन्दोलन थालेका हुन् । हालसम्म पनि रकम भुक्तानिको सुनिश्चितता नभएका कारण आयोजना बिरुद्ध आन्दोलनमा उत्रिन परेको संघर्ष समितिका संयोजक तथा सप्लायर्स बिष्णुमणी आचार्यले बताए । आयोजनाबाट पीडित मजदूर तथा सप्लायर्सको समस्या समाधानका लागि भन्दै विभिन्न चरणमा छलफल तथा कार्यदल गठन भएतापनि हालसम्म रकम भुत्तानीको ठोस निर्णय नभएकोले राष्ट्रिय गौरबको आयोजना बिरुद्ध अन्तिम लडाईको थालनी गरेको पीडित स्थानीय सप्लायर्स उत्तर कुमार श्रेष्ठले बताए ।

स्थानीय सप्लायर्सहरुले बाँकी रकमभुत्तानीको माग संगै मेलम्चीको पानी पथान्तरणबाट स्थानीय समुदायमा पर्ने प्रभावको न्युनीकरणका लागि स्थानीय अग्राधिकारको मान्यता बमोजिम लेबिको सुनिश्चिता हुनुपर्ने, मेलम्ची बजारदेखि खानेपानीको मुहानस्थल अम्बाथान सम्मको सडक कालोपत्रे गरिनुका साथै प्रभावित समुदायलाई खानेपानीको व्यवस्था गरिनु पर्ने लगायतका मागहरु अगाडि सारेका छन् ।
आयोजनाले स्थानीय सप्लायर्सहरुको साढे सत्र करोडभन्दा बढी रकम भुक्तानीदिनबाँकी रहेको पीडित सप्लायर्सले बताउँदै आएका छन् ।आन्दोलित पीडित सप्लायर्सहरुले माग पुरा नभएसम्म आयोजनाको निर्माण सामाग्रि ढुवानी लगायतका कुनैपनि सवारी साधन प्रबेशमा रोक लगाइएको बताएका छन् ।