बाह्रबिसे नगरपालिकाद्वारा फुटसल प्रतियोगिताका टिमलाई सम्मान
बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले प्रथम बलेफी फुटसल प्रतियोगिताका
बिजय टिमलाई बधाई तथा सम्मान प्रदान गरेको छ ।
मंसिर २८ गते संम्पन्न भएको ‘प्रथम बलेफी जिल्ला स्तरिय फुटसल प्रतियोगिता २०७७’ मा प्रथम र दृतीय स्थान हाँसिल गरेका खेलाडीलाई बाह्रबिसे नगर प्रमुख निमफुञ्जो शेर्पाले सम्मान गरेका हुन् ।
उक्त प्रतियोगितामा बाह्रबिसे नगरपालिकाको खुर्सानीबारी युवा क्लबका दुबै टिमका म्यानेजर, प्रशिक्षक, खेलाडीहरूलाई नगर प्रमुख शेर्पा, उपप्रमुख शुशिला पाख्रिन र नगर खेलकुद संयोजकद्वारा बधाई तथा सम्मान गरेका हुन्
। उक्त प्रतियोगितामा प्रथम खुर्सानीबारी युवा क्लब ‘ए’ र दोस्रो खुर्सानीबारी युवा क्लब ‘बि’ का उत्कृष्ट खेलाडीहरु खुर्सानीबारी युवा क्लब विजय श्रेष्ठ, उत्कृष्ठ गोलरक्षक एरोन कार्की, खुर्सानीबारी युवा क्लब बि का उत्कृष्ठ गोलकर्ता सुग्रीत मगर रहेका थिए । उनीहरुलाई नगद ५० हजार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बाह्रबिसे नगरपालिका नगर प्रमुख निमफुन्जो शेर्पाले आगामी दिनहरूमा नगर खेलकुद विकास र खेलाडीहरूको व्यवस्थापनको निमित्त नगरपालिकाबाट बजेटको व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाए ।
बलेफी गाउँपालिकाद्वारा शुक्रबारबाट सुरु भएको जिल्लास्तरीय खुला फुटसल प्रतियोगिता खेलको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उदघाटन गरेका हुन् ।
फुटसल प्रतियोगितासँगै प्रदेश सरकारको लगानीमा बलेफीमा निर्माण सम्पन्न भएको कवर्डहलको समेत उदघाटन गरिएको हो ।
बलेफी गाउँपालिकाको सहयोगमा भएको फुटसल प्रतियोगितामा ३८ टीमले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजारसहित ट्रफी मेडल प्रमाणपत्र रहेको थियो । त्यस्तै दोस्रो हुनेलाई ३० हजार नगदसहित सोही व्यवस्था मिलाइएको थियो ।