
टुकीसंघ सुनकोशीको २८ औं वार्षिक साधारणसभा तथा सामाजिक परिक्षण कार्यक्रम

पुष २, बाह्रबिसे (सिन्धुपाल्चोक) । टुकीसंघ सुनकोशीको २८ औं वार्षिक साधारणसभा तथा सामाजिक परिक्षण कार्यक्रम सुरु भएको छ ।
आफ्ना साधारण सदस्य रहेका जिल्लाका ६ स्थानीय तहका छुट्टाछुट्टै स्थानमा टुकी संघले २८ औं वार्षिक साधारणसभा तथा सामाजिक परिक्षण गरेको हो ।
गत बर्षहरुमा एकै ठाउँ वार्षिक साधारणसभा गर्ने गरेकोमा यसपटक भने कोरोना माहामारीको कारण छुट्टाछुट्टै स्थानमा गर्नुपरेको टुकीसंघ सुनकोशीका कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद पौडेलले जानकारी दिए । ‘हामीले यस अघि सबै सदस्यहरुलाई टुकीसंघको हलमा एकैठाउँमा राखेर कार्यक्रम गर्दथ्यौं यसपट मोरोना माहामारीको कारण छुट्टा छुट्टै गरेका हौं’, कार्यकारी निर्देशक पौडेलले भने । उनका अनुसार पाँच दिन लगाएर सम्पन्न हुने ६ स्थानीय तहबाट प्रत्येक वडाबाट दुईजना प्रतिनिधि सहभागी हुनेछन् । टुकीको साधारण सदस्य संख्या ४ सय ८४ रहेका छन् । संघले वार्षिक साधारणसभा पुष ३ गते सक्ने लक्ष्य अनुरुप भोटेकोशीमा मंसिर २९गते, बाह्रबिसेमा ३० गते, त्रिपुरासुन्दी गाउँपालिकामा मंसिर २९ गते, बलेफी तथा सुनकोशी गाउँपालिकाको पुस २ गते र लिसंखुपाखरमा ३ गते रहेको उनले जानकारी दिए ।
जिल्लाका स्थानीय तहहरुमा समुदायहरुमा आयआर्जन लगाएत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको टुकी संघ सुनकोशी सिन्धुपाल्चोक जिल्लाको पुरानो गैरसरकारी संस्था हो । संस्थाले आफ्नो २८ औं वार्षिक साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको छ ।
संघले गत वर्ष कार्यान्वयन गरेका सामुदायिक विकास तथा संस्थागत विकास कार्यक्रम अन्र्तगत भूकम्प प्रभावित सार्वजनिक विद्यालयहरुको पुर्ननिर्माण र विद्यार्थी दरमा वृद्वि, सुनौलो भविश्यको लागि शिक्षा परियोजना मातृ तथा नवशिशु बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सुदृढिकरण कार्यक्रम गरिएको जनाएको छ । बाढी प्रभावित जनतालाई समेत सहयोग गरेको टुकीले नेपालमा सार्वजनिक जवाफदेहिताको लागि प्रविधिको दिगो प्रयोग, सुआहारा दोस्रो कार्यक्रम तथा दुर्गम समुदायमा मातृ स्वास्थ्य सेवाहरुको पँहुचमा वृद्वि परियोजना लगाएत कार्यक्रम सम्मन्न गरिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।