गाउँपालिका माहासंघका माहासचिव तामाङ ‘परिवर्तनको संवाहक २०२०’ को सूचीमा

नवलपुर । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ परिवर्तनको संवाहक २०२० को सूचीमा परेका छन् । गाउँपालिका राष्ट्रिय महासंघका माहासचिव समत रहेका तामाङ लामो समय अमेरिकामा रहेर आफ्नो कामबाट चिनिएका थिए । सोही कारणले तामाङ परिवर्तनको संवाहक २०२० को सूचीमा परेको जनाईएको छ । नेपालीजम डट कम दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा ‘परिवर्तनका संवाहक–२०२० घोषणा गरिएको हो ।
अमेरिकी क्षेत्रमा रहेर आफ्नो कर्मबाट चिनिएका वा नेपाली समाजमा योगदान पु¥याएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरु सन् २०२० को ‘परिवर्तनका संवाहक’ (चेन्ज मेकर) चुनिएका छन् ।
यो सूचीमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएका छन् । छानिएकामा १६ जना अमेरिकी, १५ जना महिला, ५३ जना पुरुष, ३८ जना अमेरिकन नेपाली, ९ जना नेपाल फर्किएका, १४ जना नेपाली नागरिक र ४ जना मरणोपरान्त रहेका छन् । त्यसैगरी, नेपाली अमेरिकी संघसंस्थाहरू १२ वटा र अमुक पौरखी पात्रहरु ५ समूहलाई पनि परिवर्तनका संवाहक सूचीमा समेटिएको छ । अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमि नेपाल फर्किएका नेपालीहरु र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकी नागरिक र संस्थाहरुलाई पनि ‘परिवर्तनका संवाहक’ बाट सम्मान गरिएको छ ।