मिर्गौला पीडित श्रेष्ठको उपचारकालागि आर्थिक सहयोगको अपिल

मंसिर २७, मण्डनदेउपुर (काभ्रे ) । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटका स्थानीय बासि राधेश्याम श्रेष्ठको दुवै मृगौला फेल भएको छ।
३७ बर्षिय श्रेष्ठको बिगत डेढ बर्षदेखि हालसम्म आरोग्य प्रतिस्ठान ललितपुर अस्पतालमा उपचार भइरहेको छ।
कामको लागि काठमाडौको पाटनमा बस्दै आएको श्रेष्ठको मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने भएकोले आर्थिक स्थिति कमजोर भएकोले गर्दा सम्भव हुन भने सकेको छैन ।
आर्थिक स्थिति कमजोर भएकै कारण राधेश्याम श्रेष्ठको मृत्यु नहोस् भन्ने हेतुले यो सहयोग अपिल अभियान चलाएको सामाजिक अभियान्ता एवम् हेमथापा फाउन्डेसनका केन्द्रीय सदस्य गणेश भण्डारीले सिन्धुज्वालालाई बताए ।
राधेश्याम श्रेष्ठको दुईवटानै मृगौला फेल भएको हुनाले उनको आर्थिक अबस्था कमजोर भएकोले गर्दा मृगौला प्रत्यारोपण गर्न कठिनाइ भएको भण्डारीले बताए ।
उनका अनुसार नेपालीमनहरुको सानो सहयोगले श्रेष्ठको राम्रो उपचार भइ अकाल मृत्यु बाट बाच्न सक्ने भएकोले इच्छुक नेपालीमनहरुले सनराइज बैंकमा रहेको बिरामी राधेश्याम श्रेष्ठको खाता नम्बर (००७०६२२३२६२०५००१) मा सहयोग रकम पठाउन सक्नु हुनेछ । साथै अन्य जानकारी र सहयोगको लागि तल दिइएको नम्बरमा सम्पर्क समेत गर्न सक्नु हुनेछ । पारदर्शी रुपमा सहयोगी दाताहरुको नाम र फोटो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रकाशित गरिने उनको भनाइ रहेको छ।
यस्तो पीडा बिपत्ति जस्लाई जुनसुकै बेलापनि पर्ने भएको हुनाले हाम्रो सानो सहयोगले राधेश्याम श्रेष्ठको पनि ज्यान बाच्न सक्छ त्यसैले आर्थिक सहयोगकालागि भण्डारीले नेपाली मनहरुमा अपिल समेत गरे।
सम्पर्क नम्बर
मृगौला पीडित राधेश्याम श्रेष्ठ ( ९८४११२४१४९७)
पीडित श्रेष्ठको श्रीमती कल्पना श्रेष्ठ ( ९८४३८०२८५०)
सामाजिक अभियान्ता गणेश भण्डारी ( ९८६९२५४६४८) ।