सुकुटे हुँदै कार्कीटार, जलकिनी सडकमा बस सञ्चालन

मंसिर २५, सुकुटे (सिन्धुपाल्चोक) । अरनिको राजमार्ग अन्तर्गत सुकुटे देखि जल्किनी सम्मको सडकमा यातायात सञ्चालनमा ल्याइएको छ । बिहीवार एक कार्यक्रम गरेर बागमती प्रदेश सभा सदस्य तथा अर्थ बिकास समितिका सभापति सरेश नेपालले सुकुटे कार्किटार जलकिनी सडक तथा यातायातको रिवन काटेर उद्घाटन गरेका हुन ।

कृषी सडकको रुपमा विकास गरिएको सुकुटे–कार्कीटार–जलकिनी सडकमा सार्बजनिक यातायात यात्रुबस संचालनको संयुक्त उदघाटन गर्दै प्रदेस सांसद नेपालले सडक विकासको मेरुदण्ड भएकोले यातायातको साधनलाई जनउपयोगी बनाउन पर्ने धारणा राखे । ‘बस राम्रोसँग सन्चालन गर्ने हो भने विकासको झन्डै आधा काम सकिन्छ’, प्रदेश सांसद नेपालले भने । आफू जिबिसमा हुँदा यो सडकको परिकल्पना गरेको स्मरण गर्दै नेपालले ग्रामीण क्षेत्रको अर्थ प्रणालीलाई माथी उठाउन सडकको धेरै महत्त्वपूर्ण रहने बताए । ‘यदि कृषिको बिकास गर्नु छ भने कृषि सडकको बिकास गर्न पर्छ’, उनले भने । जिल्लाको सबै तिर सडक पु¥याउन लागेको र भएको सडकको स्तर उन्नति गर्न लागेको समेत उनले जानकारी दिए ।
सडक राम्रोसँग निर्माण नहुँदा बाढिपहिरो, भूक्षय बढेकोले बनेको सडकको स्तर उन्नति गर्न अत्यावश्यक रहेको औंल्याए । जिल्लाका धेरै सडकको स्तर उन्नति गर्न बजेट विनियोजन गरेको जानकारी गराउँदै उनले यातायात क्षेत्रमा भएको अस्तव्यस्त अन्त्य गर्न आफू लागिरहेको बताए ।

यातायात व्याबसायी तथा स्टाफले यात्रुलाई राम्रो व्यबहार गर्न र ‘कलेज र प्लस्टु क्यू’ भनेर बिहान पनि यातायात सन्चालन गर्न सांसद नेपालले आग्रह गरे । सरकारले जनतालाई विभिन्न माध्यमबाट दिने सेवा यातायात समेत भएकोले निजि क्षेत्रबाट दिने सेवालाई सुरक्षित आरमदायी सहितको गुणस्तरीय सेवा दिन समेत बस व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रमका विशेष अतिथी अरनिको यातायात सेवा समिति अध्यक्ष चित्र कुंवरले यो रुटमा नियमित यातायात सन्चालन गर्न आफ्नो समितिबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ठोकर्पा सुकुटे कार्किटार जल्किनी हुँदै अफिस भ्याउने समयमा चौतारा सम्म पुग्ने रुट सन्चालनको बारेमा सल्लाह गर्ने पनि उनले जानकारी दिए । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० का अध्यक्ष बेलबहादुर महतले करिब २० बर्ष पहिले शिलान्यास भएको उक्त सडकले बल्ल पूर्णता पाएको बताए । उनले यातायात सन्चालन निरन्तरता दिदै ठोकर्पाको १२ किलो देखि चौतारासम्म बिहान अफिस समय भ्याउने गरि बस सन्चालन गरिदिन समेत व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा सुनकोसी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामहरी खड्का लगायत स्थानीय जनप्रतिनिधि तथा यातायात व्यावसायीहरुको उपस्थिति रहेको थियो । सुकुटे टोल बिकास समितिका अध्यक्ष नरेन्द्र कुमार खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । ९.२ किलोमीटर रहेको उक्त सडकबाट २ हजार भन्दा बढी जनताले लाभ लिने बताईएको छ ।