सर्वाधिक धनराशी प्रतियोगिताको उपाधि प्रिन्स र अभिशेकलाई

निर्मल बस्नेत
मंसिर २६, चौतारा (सिन्धुपाल्चोक) । चौतारामा सम्पन्न तेस्रो मेयरकप प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र अभिशेक गुरुङले हात पारेका छन् । तोप २१ को आयोजनामा आज सम्पन्न भएको व्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय सिङगल मेन्समा सिल्क ग्रुुपका प्रिन्स दाहालले १ लाख ११ हजार १ सय ११ सहित प्रथम भएका छन् ।

द्वितीय र तृतीय क्रमशः त्रिभुवन आर्मिका नविन श्रेष्ठ, रत्नजीत तामाङ र रुकेश महर्जनले हात पारेका छन् । उनीहरुले क्रमशः ५५ हजार ५ सय ५५ र १० हजार प्राप्त गरेका छन् । त्यस्तै जिल्लास्तरीयमा सिङगल मेन्समा त्रिपुरासुन्दरी गाउँपालिका अभिशेक गुरुङले ३० हजार नगद सहित प्रथम भएका छन् । द्वितीय हुने सुरेन्द्र श्रेष्ठले २० हजार र तृतीय हुने रमेश श्रेष्ठ र अजय श्रेष्ठले ५ हजारका दरले प्राप्त गरेका छन् ।

त्यसैगरी जिल्ला स्तरीय मेन्स डबलमा अभिशेक गुरुङ र युवराज अधिकारीले ४० हजार नगद सहित प्रथम भएका छन् । द्वितीय प्रकाश श्रेष्ठ÷रमेश श्रेष्ठले ३० हजार र तृतीय हुने सुरेन्द्र श्रेष्ठ÷कैलाश घले र अजय तामाङ÷राजकुमार तामाङले क्रमशः ५ हजारका दरले प्राप्त गरेका छन् । प्रतियोगितामा बिजेतालाई नगद, ट्रफि र मेडल कार्यक्रमका प्रमुख अतिथि पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङले प्रदान गरेका थिए ।

कार्यक्रममा सहयोगी संस्था तथा दाताहरुलाई सम्मानपत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका २ नम्बर प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले खेलकुद क्षेत्रको विकासले मान्छेको चेतना संगै सामाजिक विकास समेत हुने धारणा राखे । मुलुकको समृद्विको लागि खेल क्षेत्र समेत आवश्यकता रहेको उनले औंल्याए । चौतारामा सम्पन्न तेस्रो मेयरकप प्रतियोगिता अन्तर्गत तोप २१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा आज दिउसो सम्पन्न भएको हो । आर्मीका नविन श्रेष्ठलाई हराउँदै प्रिन्स दाहालले ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका हुन् ।
शुक्रबार जिल्ला सदरमुकामको कभर्डहलमा भएको उपाधि भिडन्तमा प्रिन्सले नविनलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका थिए । नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गर्दै प्रिन्सले फाईनल यात्रा तय गरेका थिए । व्यक्तिगत प्रतिस्पर्धामा प्रिन्सले रत्नजितमाथि पहिलो पटक हराएका हुन् ।