कारोनाको मौका छोप्दै सुटुक्क रक्तचन्दन खासामा
मंसिर २६,
तातोपानी । कोरोना माहामारीको मौका छोप्दै तस्करीका घटना फेरी मौलन थालेको छ । दुईसाता अघि तातोपानीबाट तस्करले रक्तचन्दन सुटुक्क खासा पु¥याएपछि यो रहस्य खुलेको हो । तातोपानीको १० किलो भन्ने स्थानबाट झोलङ्गे पुल हुँदै तस्करले रक्तचन्दन खासा पुराएको स्थानीयको भनाई छ । ति स्थानीयका अनुसार जंगलको बाटो हुँदै रक्तचन्दन खासा पु¥याएपनि रक्तचन्दन भने छिपाउन सकेनन् । खासामा प्रहरीले रक्तचन्दन सहित ओसार प्रसारमा संलग्नलाई समातिएको भन्ने खवर आफुले थाहा पाएको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष साङदोर्जे शेर्पाले सिन्धुज्वालालाई बताए । ‘१० किलो हुँदै जंगलबाट रक्तचन्दन खासा पु¥याएको कुरा मैले पनि सुनको हुँ, वास्तविकता बुझ्दै छु’, वडाअध्यक्ष शेर्पाले भने । ‘यतैतिरका युवाहरुले पैसा लिएको कुरा पनि आएको छ’, उनले भने । १० किलोबाट माथि रक्तचन्दन पास भएर खासा नपुग्दै चाईनिज प्रहरीले समातेको उनले बताए । उनका अनुसार दुईजना समातिएका मध्ये खासाका शेर्पा थरका समातिएका छन् । खासातर्फ लैजान ठिक पारिएको बाँकी रक्तचन्दन (वारी) नेपालमै हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् । उक्त चन्दन गुरुङ थरका व्यक्तिले ल्याएको अपुष्ट समाचार प्राप्त भएको छ । प्रहरीले भने यसको कुनै पुष्टि गरेको छैन् ।