इन्द्रावती १२ मा कृषि अनुदान स्वरूप पाँच लाख बजेट बिनियोजन

रबिन दनुवार
मंसिर २४ , भिमटार (सिन्धुपाल्चोक) । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारमा कृषि उत्पादन प्रोत्साहन स्वरुप वडाले बजेट बिनियोजन गरेको छ ।
भिमटारमा कृषि पेशामा आबद्ध किसानहरुलाई प्रोत्साहन स्वरुप वडाले पाँच लाख बजेट बिनियोजन गरेको हो ।
भिमटार कृषि उर्वर क्षेत्रको हिसाबले प्रभावकारी ठाउँ भएकोले प्रोत्साहन स्वरुप कृषि अनुदानको निम्ति पाँच लाख बजेट बिनियोजन गरेको इन्द्रावती वडा नम्बर १२ का अध्यक्ष कमलरत्न दनुवारले सिन्धुज्वालालाई बताए ।
उनले किसानहरु व्यवसायीक रुपले कृषि पेशामा लागेमा त्यस्ता किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिइने बताए । ‘हामीले कृषि पेशामा लाग्ने किसानहरुलाई प्रोत्साहन स्वरुप अनुरुप अनुदान दिन्छौं’, अध्यक्ष दनुवारले भने ।
उनका अनुसार व्यवस्थित रुपले टर्नेल बनाएर कृषि उत्पादन गर्ने किसानहरुलाई एक टनेल बराबर दशहजार अनुदान दिइने प्रावधान रहेको छ । अनुदान बार्षिक मासिक नभई एक पटकमात्रै दिईने छ ।
कृषि उत्पादनमा भिमटारलाई जोड दिएर यहाँ उत्पादन भएका तरकारीहरु स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय बजारीकरण गर्नु पर्ने मुख्य बिषय रहेको उनको भनाइ रहेको छ ।