अलैंचीको रेसाबाट सीपमुलक १० दिने तालिम

दिपक चालिसे ।
मंसिर २४, मेलम्ची (सिन्धुपाल्चोक) । अलैंचीको रेसाबाट बुनाइ तथा बस्तु उत्पादन गर्न मेलम्चीमा आजबाट १० दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
मेलम्ची नगरपालिका भित्र हस्तकलामा अब्बल बनाउने उदेश्यका साथ अलैंचीको रेसाबाट बुनाइ तथा बस्तु उत्पादन प्रशिक्षण कार्यक्रम गरिएको मेलम्ची नगरपालिकले जनाएको छ ।
मेलम्ची नगरपालिका मेलम्ची, मोतिदेबी स्मृति केन्द्र काठमाडौ र नेपाल हस्तकला माहासघं उद्योग परिषद, प्राकृतिक रेसा बस्तु बिकास समितिको संयुक्त आयोजनामा सुरु भएको प्रशिक्षण १० दिन सम्म प्रशिक्षण दिईने छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपाका स्थायी समितिका अष्टलक्ष्मी शाक्यले गरेकी हुन् । कार्यक्रमका प्रमुख अतिथि शाक्यले सधैभरी सीप नभएको भनेर हेपिनु नपर्ने धारणा राखिन । सीप भएपछि आत्मनिर्भर हुँदै सुखमय जीवन बिताउन सकिने उनले बताईन । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्चीको प्राय सबै भूमि खेतियोग्य र उर्वर रहेकोले मिहेनत गरेर प्रशस्त आम्दानी गर्न सकिने धारणा राखे । हरेक काम व्यवसायी ढुंगले गर्न सुझाउदै मेयर अर्यालले काम गर्न जाँगर भएकाहरुको लागि नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा बाग्मति प्रदेशका प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद कोइराला, मोतिदेबी स्मृति केन्द्र काठमाडौंका अध्यक्ष लगायतले मन्तब्य राखेका थिए ।