
‘यदि मुलुकलाई आर्थिक समृद्व बनाउनु छ भने बस्तु आयतमा होईन निर्यातमा जोड दिनुपर्छ’


उद्योगवणिज्य महासंघ (बस्तुगत)
व्यापारीहरुको छाता संगठन उद्योगवाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा सिन्धुपाल्चोकका व्यवसायी नरेशलाल श्रेष्ठ बस्तुगतबाट अत्याधिक मतका साथ निर्वाचित हुन सफल भएका छन् । उनी नेपाली बस्तु उत्पादन गरेर निर्यात गर्ने र विदेशी मुद्रा आयत गर्ने दख्खल व्यवसायी हुन् । केन्द्रीय समितिमा निर्वाचित भएपछि उनका भावी योजना के कस्ता रहेका छन् भनेर सिन्धुज्वालाका सम्पादक दिनेश दुलालले लिएको छाटो कुराकानीको सम्पादित अंश–सम्पादक
१) बधाई छ यहाँलाई ?
धन्यवाद ।
२)उद्योगवाणिज्य महासंघको ५४ औं साधधारणसभा तथा अधिवेशनबाट बस्तुगतबाट केन्द्रीय समितिमा चुनिनु भएको छ । यो क्षेणलाई कसरी व्यक्त गर्नुहुन्छ ?
अत्यान्त गर्व लागेको छ । सर्वप्रथम सिन्धुपाल्चोकबासी साधरण परिवाबाट काठमाडौं आएर निर्यात व्यवसायमा लागेर बस्तुगत समुहबाट हामीले चुनावमा सर्वाधिक मत प्राप्त भएको छ । सिन्धुपाल्चोकबासी हुनाले यसमा मलाई गर्व लागेको छ ।
३) यहाँ सिन्धुपाल्चोकबासी हुनुहुन्छ महासंघमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व अरुले गर्नुभएको छ । यहाँले बस्तुगतबाट सर्वाधिक मत ल्याउनु भएको छ त्यसको प्रेरणा केलाई देख्नुहुन्छ ?
४) यसको प्रेरणा भनेको मलाई सहयोग गर्ने साथीहरु, संघसंस्थाहरु, मेरो मिहिनेत र मेरो ईमान्दारीता हो । साथै मैले आफ्नो व्यवसायमा कमाएको ख्याति नै हो । नेपालमा एउटा उत्कृष्ट निर्यात कर्ता मै हुँ भन्दा फरक नपर्ला । यसमा मेरो नाम र कम्पनीको नाम आएको छ । मैले अहिले सम्म पाँचसय भन्दा बढी जनालाई रोजगारी दिएको छु । विदेशी अर्बौं रुपैया हामीले देशमा भित्राई रहेका छौं । यि सबै प्रेरणा हाम्रो मिहिनेत हाम्रा शुभचिन्तकहरुलाई दिन चाहान्छु ।
५) यहाँ पहिला सिन्धुपाल्चोक उद्योगवाणिज्य संघमा सल्लाकारको उपसभापति समेत भईसक्नु भएको छ । त्यसपछि यहाँ विभागीय हिसाबले उनी उत्पादन तथा निर्यातको अध्यक्ष समेत हुनुभएको छ । यो विशेष क्षेत्रलाई यहाँले कसरी समेट्नु हुन्छ ?
महासंघमा कमल कुमार श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ लगाएतले प्रतिनिधित्व गर्नु भयो । मैले चाँही बस्तुगत समुहबाट प्रतिनिधित्व गरे । प्रायजसो नेपाल उद्योग वाणिज्य माहासंघमा निर्यातमा त्यति प्रतिनिधित्व हँुदैन्थ्यो । आयतमुखी ठूल–ठूला उद्योगपतिहरुको प्रतिनिधित्व मात्रै हुन्थ्यो । यसमा निर्यातलाई अलिकति छायाँमा परेकै थियो माहासंघमा । खासगरी प्रतनिधित्व नै हुँदैन्थ्यो तर यसपटक मेरो विजय भएपछि निर्यात समितिबाट प्रतिनिधित्व भएको छु । अब यस समितिमा रहेपछि निर्यात सम्बन्धमा धेरै काम गर्ने मेरो योजना छ । नेपालमा अहिले आयत एकदम बढिरेको र निर्यात घटिरहेकोले नेपालमा घाटा चाँही १४ गुणाले बढिरहेको छ । मानौं एक खर्ब पनि हाम्रो निर्यात छैन तर १४ खर्ब भन्दा बढी आयत भईरहेको छ हाम्रो देशमा यस्तो व्यापार घाटालाई सन्तुलन गर्नको लागि नेपालमा चाँही निर्यात बढाउन पर्छ भन्ने हाम्रो बुझाई हो । निर्यात बढाउनको लागि नेपाल सरकार, बाणिज्य मन्त्रालय, अर्थमन्त्रालय र उद्योग मन्त्रालयसंग समन्य गरेर निर्यातमा भएका अपठ्याराहरुलाई एकदम न्युनिकरण गर्ने र नयाँ नयाँ उद्यमीहरुलाई सुविधा दिने र निर्यातमा प्रोत्साहन गर्ने खालको उद्योगहरुको स्थापना गर्ने चाँही हाम्रो योजना भएकोले यसमा मेरो ठूलो भूमिका रहने छ ।
६) यहाँ बस्तुगतबाट केन्द्रीय समितिमा निर्वाचन हुनुभयो, सिन्धुपाल्चोकबासी भएको हुनाले सिन्धुपाल्चोकलाई यहाँले दिनसक्ने योगदान के छ ?
म उद्यमी मात्रै होईन समाजसेवी पनि हुँ । मैले मेरो आमाको नाममा हरिमाँया बाह्रबिसे फाउण्डेसन खोलेर म त्यसको अध्यक्ष भएर काम गरेको छु । त्यसमा खासगरी मेरो जन्मस्थान बाह्रबिसे वरपरका जनताहरुलाई सहयोग गरेको छु । जस्तो की भूकम्पका बेला जनताका ५५ वटा अस्थाई घर मेरै लगानी र सहयोगमा निर्माण भएको हो । त्यस्तै खाद्यन्न लत्ताकपडाहरु सहयोग गरेको थिएँ । अहिले पनि बाह्रबिसेमा बाढी आउनु भन्दा अगाडि नै साईरनहरु जडान गरिदिएको छु । त्यस्तै विद्यालयहरुमा सहयोग गरेको छु । विशेष त्यस क्षेत्रको मानिसहरु कसैलाई क्यान्सर लगाएत जटिल रोगहरुको लागि मेरो संस्थाबाट आर्थिक सहयोग गरेको छु । यो चाँही एउटा सामाजिक सेवाको पाटो हो भने अर्को चाँही सिन्धुपाल्चोक जिल्लामा पनि हाम्रो निर्यातमूखि उद्योगहरु खोल्नु पर्छ भन्ने मेरो धारणा छ । अब हामीले कृृषिमा र जडिबुटीमा लगानी बढाउनु पर्छ । जडिबुटीमा राम्रो किसिमको उत्पादन गर्ने जस्तोकी कफि, अलैंची लगाएत उत्पादन गरेर सिन्धुपाल्चोकबासीले पनि अब निर्यात हुने बस्तुहरु उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्थामा पु¥याउनको लागि म आफ्नो जिल्लाको लागि के कस्तो प्रोजेक्ट ल्याउ सकिन्छ मेरो ध्यान जानेछ ।
७) महासंघमा केन्द्रीय समितिमा बस्तुगतबाट पनि ठूल ठूला उद्योगपतिहरुले उम्मेदवारी दिएका थिए होलान । त्यसमा चाँही यहाँले पपुलर मत ल्याउनु भएको छ यसबाट यहाँले आफुलाई कतिको विश्वासिले ठान्नु भयो ?
यहाँले भन्नु भए झै यो एउटा मेरो लागि चुनौति नै छ । किनकी जसरी बस्तुगतबाट मलाई विश्वास गरेर एकसय एक अध्यक्षहरुले मत दिनुभएको छ । त्यसमा मेरो ७२ मत आयो । ७२ जना चाँही बस्तुगत संघको अध्यक्षहरुले मलाई विश्वास गरी मत दिनुभएको छ । नरेशलाल श्रेष्ठ केही गर्ने व्यक्ति हो, केही गर्छ भनेर मलाई विश्वास गर्नु भएको छ । यो विश्वासको सर्वाधिक मतको मूल्याङकन गर्न मैले सकिन भने अर्को चुनावको लागि मलाई पक्कै गाह्रो हुनेछ । यसकारण त्यो बहुमतले पनि मलाई एउटा भार थपिदिएको छ । त्यसैअनुसार मैले जिम्मेवार लिएर मेरो सेक्टर निर्यातलाई मात्र होईन की कृषिलाई तथा मनोरञ्जन क्षेत्र भनौैं यतायात क्षेत्र लगाएत धेरै क्षेत्रहरु छन् त्यसमा मेरो योगदान रहनेछ । यसमा अहिले कोभिडको कारणले गर्दा तहसनहस भएको स्थिति पनि छन् । प्राय उद्योगहरु विगत ८ महिना देखि बन्द भएको अवस्था छ । पर्यटनको हिसाबले हेर्ने हो भने सबै होटेलहरु बन्द अवस्थामा छन् । हवाई उडान समेत बन्द रहेको छ । यसकारण धेरै आर्थिक रुपमा घाटा परेको छ मुलुकलाई देशको विग्रेको अर्थतन्त्रलाई कसरी उकास्न सकिन्छ भनेर हामी निजी क्षेत्रहरु एकजुट भएर यो संकट विरुद्व लड्नको लागि सामुहिक एजेण्डामा जानुपर्नेछ । त्यस्तै विशेषगरी म आफ्नो क्षेत्र निर्यात क्षेत्रमा बढी काम गर्नुपर्ने मेरो दायित्व छ ।
८) यहाँले बस्तुगतबाट केन्द्रीय समितिमा उम्मेदवारी दिईरहँदा आफ्ना मतदाताहरुलाई के–के बाचा गर्नुभएको थियो ? निर्वाचित भईसकेपछि त्यसलाई सार्थकता बनाउन कतिको सहजता ठान्नु हुन्छ ?
मैले आफ्ना साथिहरुलाई के बचन दिएको थिएँ भने मलाई निर्वाचित गर्नुभयो भने म स्पेशली निर्यात क्षेत्रलाई उकास्न चाहान्छु । त्यो लगाएत अरु क्षेत्रहरु पर्यटन, कृषि, जलविद्युत लगाएत क्षेत्रहरुमा पनि म आफ्नो काम गरेर देखाउन चाहान्छु भनेको थिएँ । सबै साथीहरुलाई मैले एउटा आश्वासन दिएको छु । त्यो आश्वासनलाई म साँच्चै काम गरेर देखाउनको लागि हरमग्दुर प्रयास गर्नेछु । साथीहरुलाई मेरो मूल्याङ्कनको चाँही यथार्थता देखाउन चाहान्छु ।
९) अलिकति प्रसंग सिन्धुपाल्चोक तिरै फर्र्कौ, सिन्धुपाल्चोक नाका विगत बर्षदेखि भूकम्प, बाढीपहिरो र कोरोनाको कारण पटक–पटक बन्द भएको अवस्था छ । त्यो नाका अहिले निकै नाजुक अवस्था रहेको छ । यो नाकाको सन्र्भमा यहाँले के सोचिरहनु भएको छ ?
यहाँले उठाउनु भएको कुरा साँचो हो । यसको लागि हामीले वाणिज्य मन्त्रालय, पराष्ट्र मन्त्रालय तथा चीनको राजदुताबास लगाएतमा हामी पहल गर्नेछौैं । सिन्धुपाल्चोक उद्योगवाणिज्य संघ मात्र नभएर हिमालय सिमापार व्यापार संघ सबै एकजुट भएर अर्थमन्त्रालय, प्रधानमन्त्री लगाएतलाई यो विषय राख्नुपर्ने छ । यो निकै र्दुभाग्य हो, सिन्धुपाल्चोकबासीहरु चाँही ६÷७ महिना सम्म बन्द हुँदा अरबौं रुपैया घाटा भएको छ । यो घाटालाई परिपुर्ति गर्नको लागि व्यपार सहजीकरण र सरलीकृत गर्नको लागि तथा आयत निर्यात बढ्नको लागि उच्च स्तरीय वार्ता गर्न पर्ने देखिन्छ । यसको लागि हामी उद्योगवाणिज्य माहासंघ तथा हिमालय सिमापार लगाएतले पहल गर्न आवश्यक छ । पटक पटक धोका भईरहेको छ । जसरी ईन्डियामा सहज रुपमा चलेको छ । त्यसैगरी चाईनामा पनि सुचारु गर्न पहल गर्नुपर्छ । त्यसको लागि म पनि लागि पर्ने छ ।
१०) यहाँ सिन्धुपाल्चोक उद्योगवाणिज्य संघको आजिवन सदस्य समाजसेवी समेत हुनुहुन्छ । यहाँले गरेका कामको विशेषताको बारेमा संक्षिप्त रुपमा बताईदिनुस न
मेरा संगैका सहकर्मी साथीहरु व्यापार व्यवसाय गर्नुहुन्छ । उहाँहरुको कामको प्रकृति मेरो कामको प्रकति अलि फरक छ । म चाँही नेपाली बस्तु उत्पादन गरेर निर्यात गर्छु । जस्तो नेपाली हाते कागज उनी लगाएत बस्तु निर्यात गर्छु । उहाँहरु आयतमा व्यस्त हुनुहुन्छ भने म चाँही निर्यातमा व्यस्त छु । हामीले व्यापार सन्तुलन गर्नको लागि विदेशी मुद्रा आवश्यक पर्छ । विदेशी मुद्राहरु निर्यात गरेर हामी कमाउँछौं । महँगा गाडीहरु तथा सुनहरु भित्र्याउनको लागि विदेशी मुद्रा चाहिन्छ । विदेशी मुद्राको व्यवस्थापन गर्ने भनेको ३ वटा स्रोत छ । एउटा चाँही रेमिटेन्स, हामी जस्तो उद्योगीले निर्यात गरेर कमाएर ल्याएको विदेशी मुद्रा र पर्यटन क्षेत्रबाट कमाएको मुद्रा आदि हुन् । अहिले मुलकको अवस्था प्रतिकुल छ यो अवस्थालाई व्यालेन्समा ल्याउनको लागि निर्यात चाँही बढाउन पर्ने एकदम आवश्यकता देखिन्छ । यदि अबको ५÷६ महिना पछि यस्तै अवस्था हुने हो भने हामी संग आयत गर्नको लागी हामीसंग मुद्रा हुनेछैन् । त्यसकारण म सम्पूर्ण साथीहरुमा के आग्रह गर्न चाहान्छु भने अब हामीले आयत निर्यात बढाउन पर्छ । जसका लागि हुने उत्पादन सकेसम्म नेपालमै उत्पादन गरौं । नेपाली उत्पादन र नेपाली बस्तु नै प्रयोग गरौं, विदेशबाट बढि सामग्री भित्र्याउन बन्द गरौं भन्ने मेरो धारणा हो ।
११) अन्त्यमा यस मिडिया मार्फत यहाँको भनाई केही छ की ?
सबैभन्दा पहिला यहाँको मिडिया सिन्धुज्वालालाई धन्यवाद दिन चाहान्छु । मेरो भनाई राख्न दिने अवसर दिनुभयो । हामी सिन्धुपाल्चोक बासी हरेक वर्ष क्षति व्योहोरेका छौं । सिन्धुपाल्चोकमा अब यस्तो दुर्भाग्य दैविप्रकोप नआहोस । हामीले २०७२ सालको भूकम्प पछि नाका ठप्प भएको थियो । अब पहिलाकै जस्तै सामन्य अवस्थामा फर्किने मौका पाहोस । सिन्धुपाल्चोकबासीले अबका दिनमा सुख पाउन यहि सन्देश दिन चाहान्छु । धन्यवाद ।