कन्टेनर थन्काउने गोदाम बन्दै तातोपानी भन्सार कार्यालय, व्यवसायीहरुले तिर्न बाँकी लाखौं वक्यौता
दिनेश दुलाल
मंसिर १८, लार्चा (सिन्धुपाल्चोक) । तातोपानी भन्सार कार्यालय यतिबेला बस्तु आयतमा सुष्त छ । तर कार्यलय परिसरमा टनाटन कन्टेनर थुप्रिएका छन् । शिल्क लेखिएका यि कन्टेनर छिमेकी मुलक चीनको स्वशासित क्षेत्र तिब्बतको खासाबाट दैनिकी आवतजावत भने गरेका होईनन् । भन्सार कार्यालयको परिसरमा यि कन्टेनर डेड वर्ष अघि थन्किएर बसेका छन् । अन्र्तराष्ट्रिय पारवहन नियम अनुसार जुनसुकै भन्सार कार्यालयमा ७२ घण्टा भन्दा बढी कन्टेनर राख्न पाईदैन । तर तातोपानी भन्सार कार्यालयमा डेड वर्ष अघि देखि कन्टेनर व्यवारिसे अवस्थामा रहँदा समेत सम्बन्धीत पक्षको ध्यान गएको छैन् । कन्टेनर फिर्ताउन कोरोना माहामारी र बाढी पहिरोको बाहाना बनाएर अझै सम्म कुनै पहल भएको दखिदैन । पारवहनले कन्टेनरसंग ७२ घण्टा पछि लाग्ने प्रवेश शुल्क र पार्किङ शुल्क समेत लिन सकेको छैन् । कार्यालयले व्यवसायीहरुसंग उठाउन बाँकी डेड वर्षको झण्डै आधा करोड वक्यौता छ । तर व्यवसायीहरुले पारवहनले महँगो शुल्क लगाएको भन्दै वक्यौता तिर्न आलटाल गरेका छन् । सरकारको महत्वपूर्ण अंग भन्सार र पारवहनले नियम अनुसार कडाई गर्न नसक्नु लाचरीपन भएको विज्ञहरु बताउँछन् । उसोत भारत बाहेक चीनको हकमा अस्थाई पैठारी गर्ने प्रावधान नै बनीनसकेको उनीहरु बताउँछन् । भन्सार विभागको नियमावलीमा पारपहन सम्बन्धी ‘अन्र्तराष्ट्रिय’ मात्रै भनेर उल्लेख गरिएको छ । चीनको हकमा थप नयाँ सन्धि नभएको अन्र्तराष्ट्रिय सम्बन्धी जानकार एक विज्ञले सिन्धुज्वालालाई बताए । व्यवस्था नै भएपनि ७२ घण्टा भन्दा बढि कन्टेनर नेपालको भूमिका राख्नु गैरकानुनी हुने उनको तर्क छ ।
भन्सार परिसरमा लामो समय कन्टेनर रहनु कोरोना र बाढी पहिरोको कारण रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीको भनाई छ । ‘कोरोना माहामारी र बाढी पहिरोकै कारण कन्टेनर रोकिएका हुन्’,भन्सार प्रमुख खत्रिले भने । अस्थाई पैठारी गर्न पाउने नेपाल र चीनको हकमा समेत प्रावधान रहेपनि कन्टेनर ७२ घण्टा भन्दा बढी रहनु वाध्यता भएको उनले कथन छ । भन्सार कार्यालय परिसरमा कन्टेनर थन्किएका भएपनि जरिवना शुल्क भने पारवहनले लिने गरेको उनले सुनाए । उनका अनुसार व्यपारीहरुका सामग्री समेत भन्सार कार्यालयको गोदाममा थन्किएका छन् । ६० दिन भन्दा बढी सामाग्री रहे स्वतः अन्तरशुल्क लाग्ने उनले सुनाए । ७२ घण्टा भन्दा बढी रहेका कन्टेनरको समेत भन्सार कार्यालयले चार्ज लगाउन सकिने प्रावधानको सन्दर्भमा भने उनी पन्छिए । कन्टेनर अस्थायी पैठारी भएको खण्डमा ७२ घण्टा पछि दिनको कतिको दरले चार्ज लाग्छ भन्ने कुरा समेत भन्सार कार्यालयको रेकर्डमा छैन् । भन्सार कार्यलयले अतिरिक्त लगाउन पाउने चार्ज समेत नलाएको अर्काथरी व्यवसायीको आरोप छ । पार्किङ चार्ज बाहेक भन्सारले छुट्टै कर लगाउने व्यवस्था भएपनि नलगाएको एक व्यवसायीले नाम नछाप्ने शर्तमा सिन्धुज्वालालाई बताए ।
शिल्क कम्पनीले पारवहनलाई तिर्न पर्ने प्रवेश शुल्क र पार्किङ गरी ३५ लाख भन्दा माथि रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडका प्रमुख टेकराज कँडेलले सिन्धुज्वालालाई बताए ।
‘कन्टेनरहरु इन्ट्री भएर हाम्रो शिष्टममा बसेका छन्, प्रवेश र पार्किङ तिर्छन’, पारवहन प्रमुख कँडेलले भने । उनका अनुसार प्रति कन्टेनर प्रवेश ४ सय २८ रुपैंया रहेको छ । त्यस्तै पार्किङ पहिलो सातदिन सम्म ३ सय २१ रुपैंया र थप ७ दिन पछि ४ सय २८ पारवनले लिने गरेको छ । गत फागुन भन्दा अगाडी ३१ वटा रहेपनि पछि थपिएको उनले सुनाए । आफु फागुनमा उक्त कार्यालयमा पुग्नु अगवै कन्टेनर रहेको उनले बताए । व्यवसायीहरुले रकम धेरै भयो तिर्न सक्दैनौं भनेर छुट गर्न माग गरेको उनले सुनाए । ‘कार्यालयले कन्टेनर निकाल्न प¥यो भन्दा हामी मन्त्रालयबाट छुटको प्रोसेस गर्छौ भनेर रोकिएको हो’, कँडेलले भने । उनका अनुसार मन्त्रालयका सचिव मार्फत तोक लगाईए पनि मन्त्रालयले छुट नदिएपछि रोकिएको छ । अझै कति समय कन्टेनर रहने भन्ने कुरा यकिन नभएको उनले सुनाए । आफुहरुलाई जफत गर्ने अधिकार भने नभएको उनले बताए । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको पारवहन कम्पनी लिमिटेड तातोपानी भन्सार कार्यालय लार्चामा निर्माण भएसंगै पारवहन समेत छुट्टै कार्यालयबाट सञ्चालित छ ।
आफुहरुले कन्टेनर लानको लागि पहल गरिरहेको शिल्क कम्पनीका सञ्चालक रमेश शेर्पाले सिन्धुज्वालालाई बताए । ‘त्याहाँ राखेको मात्र करौडौं पैसा देखिने भयो, हामीले तिर्न नसक्ने भयौं, सञ्चालक शेर्पाले भने, ‘शुल्क यति लागेको छ भन्ने कुरा साध्य छैन्, सरकारलाई सरलीकृत गरिदिनुहोस भनेर पहल गरिरहेका छौं ।’ उनका अनुसार भन्सार परिसरमा अहिले सम्म शिल्क कम्पनीको ५० वटा भन्दा वढी कन्टेनरहरु छन् । पारवहनले शिल्कलाई जथाभावी चार्ज लगाएको उनको आरोप छ । ‘करोडौंको बील आएको छ ,बिना काम र पैसा कसरी हामीले तिर्ने’, शेर्पाले भने । व्यवसायमा अरबौंको लगानी गरेको ठाउँमा व्यापार ठप्प हुँदा पार्किङ शुल्क समेत तिर्न नसकिएको उनले सुनाए । पार्किङ शुल्क सहुलियत गरिदिन समेत उनले सरकारसंग माग गरे ।
यसैबीच केही महिना अघि ठप्प रहेको तातोपानी नाकाबाट आउने कन्टेनरको संख्या वृद्वि हुन थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर थापाले जानकारी दिए । उनका अनुसार पछिल्लोपटक नाका सञ्चालन भएयता सुरुमा दुई कन्टेनर भित्रिएकोमा हाल दैनिक २० देखि ३० कन्टेनर समेत आउन थालेका छन् । उनका अनुसार कन्टेनर भने पहिलेको भन्दा फरक छन् । तिनवटा सम्म डिब्बा जोडिएका ४० फुटे चाईनिज कन्टेनर आउन थालेको उनले जानकारी दिए । चाईनिज १० वटा डिब्बा आउँदा नेपाली २० कन्टेर समेत हुने उनले सुनाए । पछिल्लो सममय चाईनाले कोरोनाको कारण देखाउँदै खासाबाट सिधै चाईनिज कन्टेनरमा रेडिमेट सामाग्री तथा खाद्यन्न ल्याउने गरेको छ । व्यापारमा शिल्क कम्पनीको प्रभुत्व छ । शिल्कले आफ्नै च्यासिस प्रयोग गरेर डिब्बा ओसार्ने तथा सामाग्री ल्याउने गरेको छ ।