माहासंघमा दुई सिन्धुवासी सहित ४ आजिवन सदस्यको प्रतिनिधित्व

१६ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको १३ गते भएको निर्वाचनमा माहासंघमा प्रतिनिधित्व गर्ने सिन्धुपाल्चोकका चार आजिवन सदस्य रहेका छन् । जसमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कमल कुमार श्रेष्ठ माहासंघको जिल्ला नगरबाट केन्द्रीय सदस्य चयन भएका छन् । त्यस्तै बस्तुगतबाट नरेशलाल श्रेष्ठ केन्द्रीय सदस्यमा चयन भएका छन् । सिन्धुपाल्चोक उद्योगवावाणिज्य संघको आजिवन सदस्य रहेका दुवैजना सिन्धुवासी हुन् । यसैगरी केन्द्रयी वरिष्ट उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकाल र केन्द्रीय सदस्यमा निर्वाचित अजयराज सुमाग्री सिन्धुपाल्चोक उद्योगवाणिज्य संघको आजिवन सदस्य रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले जानकारी गराए । सिन्धुपाल्चोकबाट दुई जना सिन्धुमबासी सहित ४ जना आजिवन सदस्य उद्योग वाणिज्य महासंघको निर्वाधचनमा प्रतिनिधित्व हुनु गौरवको विषय भएको उनको भनाई छ । अध्यक्ष श्रेष्ठले सिन्धुपाल्चोक उद्योगवाणिज्य संघको तर्फबाट सम्पूर्ण जिल्ला नगर, बस्तुगत र एशोसेटका अग्रज व्यक्तिहरुलाई वधाई समेत दिए ।

माहासंघको निर्वाचन जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भएको थियो । वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पद सहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । महासंघको प्रावधान अनुसार यसअघि वरिष्ट उपाध्यक्ष रहेका शेखर गोल्छा स्वत अध्यक्ष रहनेछन् । कुल मतदाता एसोसिएट तर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको अध्यक्ष श्रेष्ठले बताए ।
महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गते देखि शुरु भएको थियो । साधारणसभाको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरका थिए ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
सोमबार भएको कार्यसमितिको मतदानमा हिराचन निर्वाचित भएका हुन् ।उनले ४० मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याएका थिए ।
हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् भने बस्नेत ढकाल पक्षका हुन् ।