पाँचपोखरी थाङपाल गाउपालिकाको ९० आंै कार्यपालिका बैठक सम्पन्न
मंसिर ११, थाङपाल (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिकाको ९० आंै कार्यपालिका बैठक सम्पन्नभएको छ । मंगलबार बसेको ९० औं कार्यपालिकाको बैठकले युवा रोजगार देखि पर्यटन प्रर्वद्वन लगाएत महत्वपूर्ण निर्णयहरू गरेको गाउँपालिकाले जनाएकोे छ । गाउँकार्यपालिकाको बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम १ करोड ६ लाख, युवा कार्यक्रम ५१ लाख, गाउँपालिकाबाट पारिश्रमिकमा आधारित कार्यक्रम ३० लाख गरि जम्मा १ करोड ८८ लाख छुट्याईएको गाउँपालिकाका सल्लाकार विजय पौडेलले सिन्धुज्वालालाई जानकारी दिए । उक्त रकम ३ सय ५५ जना कामदार लाई न्युनतम १०० दिन काम लगाउने गरि सबै वडाहरुमा विनियोजन गरिएको उनले बताए । कार्यपालिकाको बैठकले निर्णय अनुसार वडा नं १ रु २२ लाख ४५ हजार, वडा नं २ रु २९ लाख ३० हजार, वडा नं ३ रु १५ लाख ५० हजार र वडा नं ४ रु २० लाख १० हजार रहेको छ । त्यस्तै वडा नं ५ रु १७ लाख ८० हजार वडा नं ६ रु २९ लाख ३६ हजार, वडा नं ७ रु २४ लाख ७० हजार र वडा नं ८ रु २७ लाख बजेट रहेको छ ।
त्यस्तै वैठकले सडक मर्मत कार्यलाई निरन्तरता दिदै सम्पन्न हुन बाँकी कार्यका लागि बजेट थप श्रोत भर्ना गरिने सल्लाकार पौडेलले बताए । उनका अनुसार सबै वडाहरुमा १ जना पशु प्राविधिक दरबन्दी पु¥याउन थप ४ जना र कृषि प्राविधिक २ जना पद पुर्तिका लागि आवेदन अह्वान गरिने, गत मङ्सिर ३ र ४ गते भोटेनाम्लाङ र गुन्सामा भएको आगोलागी घटनामा परेको ६ घरलाई ५० हजार नगद रहत उपलब्ध गराउने निर्णय भएको छ ।
यसैबीच कार्यपालिकाको बैठकले पर्यटन प्रबर्द्धनका लागी तिलमान भन्ज्याङ (पास) पहिचान सथै ५३०० मिटर उचाइ रहेको हालसम्म नाम नखुलेको हिमाल मध्येको एक हिमाललाई पाँचपोखरी हिमाल नामकरण संगै हिमाल अरोहण कार्यका लागी तत्काल ८ लाखको श्रोत ब्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।