चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो । त्यसपछि उनलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । तर मंगलबार उनको हृदयघातको कारण मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामहरुले पुष्टि गरेका छन् । उनको अचानक भएको मृत्युको कारण खेल क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुगेको जनाईएको छ ।