सभामुख सापकोटाद्वारा स्थानीय तहका प्रमुखहरुसंग परामर्श

मंसिर १०, चौतारा (सिन्धुपाल्चोक) । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका स्थानीय तहका प्रमुखहरुसंग परामर्श गरेका छन् । आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा आज जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग विपद् पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थिति लगायतका विषयमा छलफल गरेका हुन् ।

छलफल विपद् पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत भएको सभामुखका प्रेस सल्लाकार श्रीधर न्यौपानेले सिन्धुज्वालाई जानकारी दिए । उनका अनुसार सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरुसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्श समेत लिएका थिए ।
सिन्धुपाल्चोकमा २०७७ साल असार २५ को बुल्कुटे–खागदल बाढी पहिरो, ३० साउनको लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भइ बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरुको अबस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अबस्था र विस्थापितहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत रहेको प्रेस सल्लाकार श्रीधर न्यौपानेले बताए । सभामुखसंगको भेटमा आफुहरुले बाढीपहिरोले पु¥याएको क्षति तथा कोभिड–१९ को व्यवस्थापन र चुनौति लगाएत समग्र विषयमा ध्यानकर्षण गराईएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।